भूकम्पपीडितलाई राहत : राज्य नपुगेको ठाउँमा खुश्बु !
screennepal
प्रकाशित: २०७२, १३ जेष्ठ बुधबार
no img

एमपी सुब्बा

काठमाडौं । मोडल तथा अभिनेत्री खुश्बु खड्काको सिन्धुपाल्चोकस्थित साँगाचोकको बैशाख १२ र २९ को भूकम्पले ध्वस्त भएको छ । तर, उनी आफ्नो घर भत्किएको कुनै प्रवाह नगरी राहत र उद्दारमा खटेकी छन् । खुश्बुको साँगाचोकको ३ वटै घर भूकम्पले भग्नावशेषमा परिणत भएको छ । तर, खुश्बुचाहिँ भूकम्पपीडितका लागि राहत र उद्दारमा निरन्तर खट्दै आएकी छन् । खुश्बु भन्छिन्, ‘मेरो साँगाचोकमा तीन वटा घर थियो, जुन भूकम्पले माटोमा मिसाइदिएको छ । तर, आफ्नो घर भत्कियो भन्दैमा चुप लागेर बस्नु भएन । विपत्तमा आफ्नो जिल्लाबासीलाई सहयोग गरौं भन्ने मानवीय भावनाले राहत वितरण र उद्दारमा खटेकी हुँ ।’

khusbu
छाक टार्न समेत धौ–धौंमा परेका पीडितहरुलाई राहत प्रदान गरेको खुश्बु बताउँछिन् । ‘हामी त एक बोरा चामल किन्न सक्ने सामथ्र्य राख्छौ’ खुश्बुले भनिन्, ‘तर, यहाँ धेरै यस्ता परिवार छन्, जसले साँझ–बिहान के खाने भनेर चिन्ता लिनुपर्ने अवस्था छ ।’ गाडी पुग्ने सुगममा विभिन्न संघसंस्थाको राहत पुगे पनि विकट तथा हिडेर जाुनपर्ने गाउँमा कुनै राहत नपुगेको बताउँदै उनले भनिन्, ‘जहाँ राहतको नाममा एक मुठी चामल पनि पुगेको छैन, त्यहाँ मैले आफ्नो नीजि खर्चमा राहत पु-याउँदै आएको छु ।’ यसअघि सिन्धुपाल्चोकका विभिन्न गाउँमा पुगेर त्रिपाल वितरण गरेकी खुश्बुले बुधबार त्यहाँ आधा दर्जन गाउँका करिब २ सय घरधुरीलाई चामल, नून, तेललगायतका राहत वितरण गरेकी छन्, जहाँ राज्यको समेत कुनै राहत नपुगेको उनको भनाइ छ ।

‘सरकारले पनि सुगममा मात्र राहत पु-याउँदोरहेछ’ उनले भनिन्, ‘हिडेर पहाड उक्लनुपर्ने गाउँमा न नीजि संस्था पुगेको छ, न त सरकार नै । मैले जहाँ–जहाँ राहत पुगेको छैन, त्यस्ता गाउँमा रिसर्च गरेरै राहत पु-याएको हुँ ।’ हुन त सिन्धुपाल्चोकमा मात्र नभइ दोलखा, गोरखा, रसुवा, धादिङलगायतका अति भूकम्प ग्रस्त जिल्लाका विकट बस्तीहरुमा पनि अहिलेसम्म राहत पुग्न सकेको छैन ।

‘सरकारले पनि सुगममा मात्र राहत पु-याउँदोरहेछ’ उनले भनिन्, ‘हिडेर पहाड उक्लनुपर्ने गाउँमा न नीजि संस्था पुगेको छ, न त सरकार नै । मैले जहाँ–जहाँ राहत पुगेको छैन, त्यस्ता गाउँमा रिसर्च गरेरै राहत पु-याएको हुँ ।’ हुन त सिन्धुपाल्चोकमा मात्र नभइ दोलखा, गोरखा, रसुवा, धादिङलगायतका अति भूकम्प ग्रस्त जिल्लाका विकट बस्तीहरुमा पनि अहिलेसम्म राहत पुग्न सकेको छैन । भूकम्प प्रभावितमध्ये सिन्धुपाल्चोक अति गस्त भएको छ । तर, त्यहाका धेरै गाउँ छन्, जहाँ भूकम्प गएको एक महिना वितिसक्दा पनि सरकारी राहतको मुख देख्न पाएका छ्रनन् । यस्तै राहत नपुगेको स्थानका पीडितका लागि राहत पु¥याउने खुश्बुको सोच छ । ‘मैले कुनै संस्थाको सहयोगमा राहत बाँडेकी होइन’ उनले भनिन्, ‘नीजि खर्चले पीडितलाई सहयोग गरेकी हुँ ।’

Comments