एकैदिन तीन अर्ब रुपियाँ संकलनः रिलकी हिरोइन जोअना रियलमा हिरो
screennepal
प्रकाशित: २०७२, १८ बैशाख शुक्रबार
no img

juhanaपर्दामा दुःखी पिडितलाई सहयोग गर्ने र खराब प्रवृत्ति  र अवस्थामा लड्नेलाई हिरो भनिन्छ । पर्दाको हिरो वास्तविक समाजमा हिरो भएका घटना त्यतिै छैनन् । नेपालमा त औंलामा गन्न सकिन्छ । यस्तो अवस्थामा चर्चित बेलायती हिरोइन जोअना लुम्लेले फेरि एकपल्ट ‘हिरोपंति’ देखाएकी छिन् । नेपालीहरुको विपद्मा हिरो बनेर अघि देखिएकी छिन् ।

नेपालका भुकम्प पीडितका लागि अभिनेत्री लुम्लेले अभियान गरेको राहत संकलनमा एकै दिन तीन अर्ब रुपियाँ संकलन भएको छ ।अभिनेत्री लुम्लेले पहल गरेको डिजास्टर इमरजेन्सी कमिटी (डिइसी) ले मंगलबार र बुधबार बीचका २४ घण्टामा २ अर्ब ९७ करोड रुपियाँ संकलन गरेको हो । सो अभियानलाई बेलायतकी महारानी र युवराज चार्ल्सले समेत समर्थन गरेका छन् ।अन्यायमा परेका गोरखालीहरुलाई न्याय दिलाउन सफल जोअना विनाशकारी महाभूकम्पबाट पिडित नेपालीहरुको सहयोगमा जुटेकी हुन् । उनले महाभूकम्प पिडितहरुलाई सहयोग गर्न बेलायत सरकार र बेलायती जनताहरुलाई अह्रवान गरेकी छिन् । यसअघि भएको गोरखालीहरुको आन्दोलन उनकै बलमा सफल भएको थियो । यसपछि उनी नेपालीहरुको बिचमा ‘गोरखालीको छोरी’को रुपमा परिचित छिन् ।
मंगलबार अभियानको घोषणा गर्दै लुम्लेले भनेकी थिइन्, ‘नेपाल हजारौं वर्षदेखिको प्राचीन सँस्कृति बोकेको मुलुक हो तर भुकम्पको केही सेकेण्डको झट्काले यसको इतिहास माटोमा मिलाइदियो । भुकम्प केही सेकेण्डमा सकियो तर त्यसको प्रभाव वर्ष रहनेछ ।’ उनले गोरखाहरुको देशलाई सहयोग गर्नु बेलायतको दायित्व रहेको बताइन् । भनिन्,’मेरा पिताले गोरखाहरुसित काम गर्नुभो गोरखाहरुले दुईसय वर्षसम्म बेलायतका लागि आफ्नो ज्यान अहुति दिए अब उनीहरुलाई सहयोग गर्ने हाम्रो पालो आयो ।’

डिइसीमा शुरुमा उठेको उठेको करिब ९० लाख रुपियाँ बराबरको रकम बेलायती सरकारले थपिदिएको थियो । ‘‘नेपाल अर्थक्वेक अपील’ नाम दिइएको सो अभियानबाट संकलित सहयोगबाट भुकम्पबाट प्रभावित भएका नेपालीहरुलाई खर्च गरिने बताइएको छ ।
जोअना लुम्ले सन् २००९ मा पूर्व गोरखाहरुलाई बेलायतको आवासीय भिसाका लागि सफल अभियान गरेर नेपाली र गोरखालीमाझ परिचित छिन् । उनलाई गोरखालीकी छोरी भन्ने गरिन्छ ।  कमिटीका कार्यकारी निर्देशक सालेह सइद भन्छन्, ‘बेलायतका जनताले प्रकोपबाट जीवन तहसनहस भएका मानिसहरुलाई सहयोग गरेर फेरि एकपटक उदार मन देखाएका छन् ।’

Comments