कति महंगिइन् बलिउड अभिनेत्री
screennepal
प्रकाशित: २०७१, १८ फाल्गुन सोमबार
no img

दीपिका पादुकोण

deepika-padukone_137793005450बलिउडकी सबैभन्दा महँगी अभिनेत्री हुन्, दीपिका पादुकोण । फिल्म करिअरको सात वर्षमै यी २९ वर्षीया अभिनेत्रीले आफूलाई सफलताको शिखरमा पु¥याएकी छिन् ।

बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री दीपिकाले सञ्जय लीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’का लागि नौ करोड भारु लिएकी छिन् । अहिले उनी यही फिल्मको छायांकनमा व्यस्त छिन् ।

सन् २००७ मा शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’मा काम गरेर दीपिकाले बलिउडमा प्रवेश गरेकी थिइन् । त्यसयता उनले ‘रेस–२’, ‘ककटेल’, ‘ये जवानी हे दिवानी’, ‘चेन्नई एक्सप्रेस’, ‘गोलियोँ’लगायत सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । गत वर्ष मात्रै उनको ‘फाइन्डिङ फेनी’ र ‘ह्याप्पी न्यू इयर’ गरी दुइटा फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेका थिए । दीपिकालाई फिल्ममा लिनु नै फिल्म हिट बनाउन पर्याप्त छ भन्ने छाप बलिउडमा परेको छ, जसकारण उनको मोल दिनदिनै बढिरहेको छ ।

कट्रिना कैफ

बलिउडमा अहिले सर्वत्र प्रशंसा गरिएकी र धेरै दर्शकले मन पराएकी अभिनेत्रीमा पर्छिन्, कट्रिना कैफ । उनी बलिउडकी दोस्रो महँगी अभिनेत्रीमा पर्छिन् । एउटा फिल्मका लागि उनले साढे पाँचदेखि छ करोड भारु लिने गरेकी छिन् ।
३० वर्षीय कट्रिना अभिनीत फिल्म ‘धुम–३’ले बक्स अफिसमा धमाका मच्चाउँदै विभिन्न रेकर्ड कायम गरेको थियो । उनको पछिल्लो फिल्म ‘ब्याङ–ब्याङ’ले पनि बक्स अफिसमा राम्रो नतिजा ल्यायो । यो फिल्मका लागि उनले निकै मोटो रकम लिएको बताइएको छ । उनले फेसन शो र मोडलिङबाट पनि मनग्गे कमाउने गरेकी छिन् । अहिलेसम्म उनले करिब साढे ६५ करोड भारु कमाइसकेकी छिन् ।

करिना कपुर

बिहे गरेपछि अभिनेत्रीहरूको करिअर ओरालो लाग्ने र योसँगै उनीहरूको मोल पनि घट्दै जाने गरेको छ । तर, यो कुरा अभिनेत्री करिना कपुरको हकमा लागू भएको छैन । अभिनेता सैफ अलि खानसँग बिहे गरेपछि पनि बलिउडमा उनको दबदबा कायमै छ । अहिले पनि उनी महँगी अभिनेत्रीको सूचिमा छिन् । एउटा फिल्ममा काम गरेबापत उनले सात करोड भारुसम्म असुलेकी छिन् । फिल्म ‘हिरोइन’का लागि उनलाई यति मोटो रकम दिइएको थियो । तर, फिल्म भने फ्लप भयो । बलिउड समीक्षकहरूले यदि ‘हिरोइन’ सुपरहिट भएको भए करिना बलिउडकी सबैभन्दा महँगी अभिनेत्री बन्ने थिइन् भन्ने बताउने गरेका छन् ।
गत वर्ष अगस्टमा रिलिज भएको उनको फिल्म ‘सिंघम रिटन्र्स’ले आफूलाई सय करोड कमाउने फिल्महरूको क्लबमा पार्न सफल भएको थियो । यद्यपि, यो फिल्म ‘सिंघम’जति हिट भने हुन सकेन ।
मुम्बईमा जन्मिएकी यी ३३ वर्षीया अभिनेत्रीको आम्दानीको मुख्य स्रोत भनेका फिल्म, टीभी शो र फेसन शो हुन् । अहिलेसम्म उनले ७४ करोड भारुजति कमाइसकेकी छिन् । एउटा फिल्मका लागि उनको प्रचलित रेट तीनदेखि चार करोड भारु भएको बताइन्छ ।

प्रियंका चोपडा

बलिउडकी चौथो महँगी अभिनेत्रीमा पर्छिन्, प्रियंका चोपडा । एउटा फिल्ममा काम गरेबापत उनले सात करोड भारुसम्म असुलेकी छिन् । यद्यपि, उनको प्रचलित रेट चाहिँ तीन करोड भारु हो ।
उनको अभिनयको सबैभन्दा बढी तारिफ भएको फिल्म ‘बर्फी’ हो । त्यसबाहेक फिल्म ‘फेशन’मा पनि उनको अभिनयको राम्रो प्रशंसा भएको थियो । बलिउडमा उनको मोल फिल्म ‘बर्फी’पछि बढेको हो । ‘बर्फी’पछि उनी सबै खालका भूमिका निर्वाह गर्न सक्छिन् भन्नेमा बलिउडका निर्माता तथा निर्देशक विश्वस्त भएको बताइन्छ ।
सन् २०१४ प्रियंकाका लागि सफलताको अर्को महŒवपूर्ण खुड्किलो साबित भयो । गत वर्ष उनले ‘मेरी कोम’जस्तो नारी पात्रलाई प्रमुख बनाइएको फिल्ममा काम गरिन् । यो फिल्म सफल भएपछि प्रियंकाको भाउ अझ बढेको छ । अभिनयबाहेक उनी गायनमा पनि सक्रिय हुन खोजिरहेकी छिन् ।
फिल्म, म्युजिक भिडियो र मोडलिङ ३१ वर्षीया प्रियंकाका आम्दानीका मुख्य स्रोत हुन् । अहिलेसम्म उनले ४० करोड भारु कमाइसकेकी छिन् ।

अनुश्का शर्मा

शाहरुखको अपोजिट भएर बलिउडमा डेब्यू गरेकी थिइन्, अभिनेत्री अनुश्का शर्माले । शाहरुखको सहयोगले बलिउडमा परिचय बनाएकी अनुश्काले अर्का खान अभिनेताका कारण आफ्नो भाउ बढाएकी छिन् । आमिर खानसँग फिल्म ‘पिके’मा काम गरेपछि उनी बलिउडकी महँगी अभिनेत्रीको सूचिमा परेकी छिन् । ‘पिके’मा अनुश्काको टेलिभिजन पत्रकारको रोल छ । उनले
एउटा फिल्मका लागि पाँचदेखि छ करोड भारुसम्म असुलेको अनुमान गरिएको छ । यद्यपि, यो उनको प्रचलित रेट भने होइन ।
पिकेमा काम गर्दैगदा अनुश्कालाई ‘बम्बई भेल्भेट’, ‘एनएच–१०’ फिल्ममा काम गर्ने अफर आयो । अनुश्का अहिले यी फिल्मका छायांकनमा व्यस्त छिन् । दुवै फिल्मका लागि उनले चर्काे पारिश्रमिक लिएको बताइन्छ । उनले अहिलेसम्म २० करोड भारु आम्दानी गरिसकेकी छिन् ।

 

Comments