‘जिद’ की बार्बी (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७१, १५ कार्तिक शनिबार
no img

मुम्बई । बलिउडमा अर्की हट अभिनेत्री उदाएकी छन् । फिल्म ‘जिद’ मार्फत ‘इन्ट्री गर्न लागेकी बार्बी हान्डा अहिले बलिउडमा चर्चाको विषय बनेकी छन् । फिल्म ‘जिद’ को पोस्टर र ट्रेलर रिलिजसँगै बार्बीको चर्चा सुरु भएको हो । पोस्टरमा बार्बी टपलेस देखिएकी छन् भने ट्रेलरमा भरपूर्ण हट सिन्स दिएकी छन् । भनिन्छ, ‘जिद’ एरोन्टिक थ्रिलर फिल्म हो । अन्तर्वातामा बार्बीले भनेकी छन्, ‘मसँग हट बडी छ । त्यसैले आफनो बडी देखाउन मलाई कुनै आपत्ति छैन ।’
फिल्मका प्रोड्युसर अनुभव सिन्हाका अनुसार बार्बी माधुरी दीक्षितका ठूला फ्यान हुन् । त्यसैले उनी आफ्नो नामको अगाािड ‘म’ अक्षर राख्न चाहन्छिन् । फिल्ममा बार्बीका अलावा करणवीर शर्मा र श्रद्धा दास मुख्य भूमिकामा देखिँदैछन् । यस फिल्मको निर्देशक विवेक अग्निहोत्री हुन् । फिल्म ‘जिद’ २८ नोभेम्बरमा रिलिजÞ हुँदैछ ।

Comments