आठ लाख रुपैयाँको मेनुकाको आइटम
screennepal
प्रकाशित: २०७१, ५ श्रावण सोमबार
no img

item song talakjung vs tulke

काठमाडौं । नेपाली सिने बजारमा हिजोआज ‘आइटम’ को लहर चलेको छ । यो लहरले नयाँ–नयाँ आइटम गर्लहरुलाई जन्माइरहेको छ । यस्तै, सिने बजारमा अर्की ‘आइटम गर्ल’ उदाएकी छन् । चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ मा मेनुका प्रधानको हट आइटम डान्स हेर्न सकिने छ । गम्भीर विष्टको कोरियोग्राफीमा केही दिनअघि सुट गरिएको सो आइटम गीतमा मेनुकाले आफ््नो हट ‘जलवा’ देखाएकी छन् । निर्माता रविन्द्रसिंह बानियाँका अनुसार सो आइटम गीतका लागि करिब ८ लाख रुपैयाँ खर्च भएको छ । तर, खर्च गरेअनुसार आइटम गीत राम्रो भएको बानियाँको दावी छ । साथै, यसै गीतले मेनुकालाई नेपाली चलचित्र बजारमा ‘आइटम गर्ल’ का रुपमा चिनाउन सक्ने निर्माणपक्षको विश्वास छ ।

Comments