८१ दृश्यमा ‘जननायक विश्वेश्वरप्रसाद’
screennepal
प्रकाशित: २०७१, २७ असार शुक्रबार
no img

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ‘बिपी’ को जीवनी अब पर्दामा हेर्न पाइने भएको छ । ‘बिपी’ को जीवनीमा आधारित चलचित्र ‘जननायक विश्वेश्वरप्रसाद’ हाल छायांकन भइरहेको छ । यस चलचित्रलाई बिपी चिन्तन प्रतिष्ठानले निमाण थालेको हो ।
चलचित्रको छायांकन बिपीकै पुख्र्यौली थलो रामेछापको दुम्जाबाट गरिएको छ । बिपीका बाबु कृष्णप्रसाद कोइरालाले बनाएको पुख्र्याैली घर नजिकै रहेको कुशेश्वर मन्दिरबाट चलचित्रको छायांकन प्रारम्भ गरिएको थियो । बिपीले उक्त मन्दिरबाटै २००७ सालको जनक्रान्तिको सुरुआत २००३ सालमा गरेका थिए । चलचित्रमा बिपीको समग्र जीवनयात्रा तथा संघर्षलाई चित्रण गरिने बताइएको छ । करिब ८० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको ‘जननायक विश्वेश्वरप्रसाद’ को लेखन दीपेन्द्र दाहाल र व्यवस्थापन कृष्ण केसीले गरेका छन् । प्रतिष्ठानका महासचिव देवेन्द्रप्रकाश पौडेलका अनुसार बिपीको जीवनका महत्वपूर्ण पक्षलाई समावेश गरिने चलचित्रलाई ८१ दृश्यमा विभाजन बताइएको छ ।

 

Comments