‘अलाविटी अफिसर विसाम’द्वारा बसन्त चौधरी विभूषित
screennepal
प्रकाशित: २०७२, २२ चैत्र सोमबार
no img

काठमाडौं । नेपालका लागि मोरोक्कोका मानार्थ अवैतनिक महावाणिज्यदूत उद्योगपति तथा गीतकार÷साहित्यकार बसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’द्वारा विभूषित भएका छन् ।

Bashanta Chaudhari, screennepal (2)

चौधरीको पदक हेर्दै परराष्ट्रमन्त्री थापा

यो पदक चौधरीले नेपाल–मोरोक्कोका जनताबीच आपसी सौहार्दता र द्विपक्षीय मित्रतामा प्रगाढता थप्ने कार्यमा पु-याएको
अतुलनीय योगदान र यी दुई राष्ट्रबीच विद्यमान मैत्रीपूर्ण दौत्य सम्बन्धलाई थप दरिलो पार्न उनले गरेको अथक प्रयासका लागि अर्पण गरिएको जनाइएको छ ।
आइतबार काठमाडौंमा सम्पन्न प्रदक विभूषण कार्यक्रम भारत र नेपालका लागि मोरोक्को अधिराज्यका राजदूत लार्वी रिफोको स्वागत मन्तव्यबाट सुरु गरिएको थियो । राजदूत लार्वीले आफ्नो स्वागत मन्तव्यलगत्तै पदकद्वारा चौधरीलाई विभूषित गरिदिन उक्त समारोहका प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई अनुरोध गरेका थिए ।
समारोहमा विभूषण प्रदान गरेलगत्तै आफ्नो मन्तव्य राख्दै उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले नेपाल र मोरोक्कोबीच विद्यमान सुमधुर दौत्यसम्बन्धमा थप प्रगाढता थप्न चौधरीले गरेको हरप्रयासबाट आफू अत्यन्तै प्रभावित भएको बताए ।

Bashanta Chaudhari, screennepal (1)
पश्चिम एसिया र युरोपबीच अवस्थित मोरोक्को अधिराज्य अति दू्रत गतिमा विकासोन्मुख अधिराज्य हो । कृषि, रासायनिक मल र पर्यटन मोरोक्को अधिराज्यका मुख्य आय–श्रोत हुन् भने उद्योग, खानी र माछालगायतका समुद्री खाद्य पदार्थ यसका थप आय–श्रोतका माध्यम हुन् । यो विश्वकै अति दू्रत गतिमा अघि बढिरहेको पर्यटन गन्तव्य पनि हो, जसले हरेक वर्ष १ करोड २० लाख भन्दा बढी पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।
नेपालले चाहेको अवस्थामा मोरोक्को सरकारले कृषिजन्य उद्योग, सिँचाईका अत्याधुनिक प्रविधि, कृषि र पर्यटनका क्षेत्रमा पूर्वाधार निर्माण तथा मानव संशाधनको विकासमा साझेदारी, सहयोग, तालिम एवम् तकनिकी उपलब्ध गराउन सक्छ । विश्वमै मलखादको उत्पादनमा दोस्रो र त्यसको निर्यातमा पहिलो राष्ट्र भएको नाताले नेपालले चाहँदा तत्सम्बन्धी सहयोग अर्थात् कृषिजन्य उद्योग र खाद्य सुरक्षा बढाउन मलखादको आपूर्ति गर्न पनि सहयोग गर्न सक्छ ।
नेपाल पनि मोरोक्को अधिराज्यसँग राजनैतिक, साँस्कृतिक, व्यापारिक र प्राविधिक सहयोग आदान–प्रदान गर्न इच्छुक रहिआएको छ । अवैतनिक मानार्थ महा वाणिज्यदूत चौधरीले आउँदा दिनहरूमा दुई देशका जनताबीच सम्बन्ध विस्तारका थप प्रयासहरू तथा महत्वपूर्ण भूमिका निभाउने अपेक्षा कार्यक्रममा गरियो ।
चौधरीले सन् २००७ मा मानार्थ वाणिज्यदूतको कार्य सम्हालेयता भएका विविध क्रियाकलापमाथि पनि कार्यक्रममा प्रकाश पारियो । सन् २०१३ मईमा चौधरी मानार्थ महावाणिज्यदूतमा बढुवा भएका थिए । दुई राष्ट्रबीचको दौत्य सम्बन्ध भने सन् १९७५ मै स्थापित भएको हो ।
नेपाल र मोरोक्को एक आपसमा भौगोलिक रुपमा निकै टाढा रहेता पनि दुबै राष्ट्रबीच सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको र दुवै देशका जनता एक आपसमा सम्मानजनक व्यवहार गर्छन्, चौधरीले भने । मोरोक्को अधिराज्यका राजा मोहम्मद छैटौंको सवल र गतिशील नेतृत्वमा मोरोक्को अधिराज्यले गरेको प्रगति र आधुनिकिकरणको पनि चौधरीले प्रशंसा गरे ।
आफ्नो कार्यकालमा राजदूत लार्वी रिफोले पु¥याएको सहयोग र सद्भावप्रति पनि चौधरीले विशेष आभार प्रकट गर्न भ्याए । गत वर्ष नेपालमा गएको विनाशकारी महाभूकम्पपश्चात् मोरोक्को अधिराज्यबाट १० लाख अमेरिकी डलर राहत सहयोगस्वरुप प्राप्त गराउनुमा राजदूत लार्वी रिफोले महत्वपूर्ण भूमिका निभाएका थिए ।

Comments