पुस्तकमा बुद्ध वचन
screennepal
प्रकाशित: २०७२, १३ पुष सोमबार
no img

काठमाडौं– गुरु रिन्पोछेको दशमी पूजाको अवसर पारी बौद्धनाथ क्षेत्र विकास समितिले बुद्धवचनसम्बन्धी नया“ कृति ल्याएको छ । बौद्ध दर्शन सम्बन्धी ग्रन्थहरुमा चर्चित मानिने आचार्य गम्पोपाको ‘सद्धर्मचिन्तामणिमोक्षरत्नालंकार’ लाई नेपालीमा अनुवाद गरी ‘मानव जीवनमा बुद्धवचन’ नामक कृति सार्वजनिक गरिएको हो ।

सम्पूर्णकुमार लामा, टीका शेर्पा र मिलन शाक्यले अनुवाद गरेको पुस्तकको शनिबार बौद्ध स्तुपा परिसरमा आयोजित समारोहमा बौद्धगुरु नाम्खा रिन्पोछे र श्रीलंकाका राजदूत एसडब्लू सिनेकीसथनाले लोकार्पण गरे ।

buddha
मानव जीवन, दुःख, कर्म, बोधिचित्त, मैत्री, करुणा, बुद्धत्व लगायतका महŒवपूर्ण ज्ञान बुझ्न पुस्तक उपयोगी हुने नाम्खा रिन्पोछे र राजदूत सिनेकीसथनाले दाबी गरे । बुद्धवचन सम्बन्धी सरल नेपाली पुस्तकहरु अभाव भइरहेको बेला सबैलाई सजिलो होस् भन्ने उद्देश्यले पुस्तक प्रकाशित गरिएको अनुवादक टीका शेर्पाले जनाए । त्यस्तै बौद्ध दर्शन प्रवद्र्धनका लागि बौद्धनाथ क्षेत्र विकास समिति लागिपरेको बताउ“दै भविष्यमा पनि निरन्तरता दिने समितिका अध्यक्षसमेत रहेका सम्पूर्णकुमार लामाले जनाए । समितिका कार्यकारी निर्देशक फुबु याङ्जी लामाले पनि पुस्तकमाथि परिचर्चा गरेकी थिइन् । पुस्तकमा विभिन्न १८ शीर्षकमा बुद्धवचनहरु समेटिएका छन् ।

Comments