पुरुषसित सम्बन्ध रहेको भन्दै ब्राडसँग अलग हुँदै जोली
screennepal
प्रकाशित: २०७२, ८ पुष बुधबार
no img

लस एञ्जलस (एजेन्सी) । एक वर्षअघि मात्र औपचारिक रुपमा विवाह गरेका हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एञ्जेलिना जोली चाँडै सम्बन्धबिच्छेद गर्न लागेको एक म्यागजिनले खुलासा गरेको छ । उनीहरु सम्बन्धविच्छेद गर्नको कारण असाधारण छ ।

भनिन्छ, यो कुरा अभिनेता ब्राडले स्वीकारेका छन् । ब्राडको सम्बन्ध केटीसँग मात्र नभई पुरुषसित पनि रहेको बताइन्छ । जब यो कुरा एञ्जेलिनाले थाहा पाइन्, तब आफ्ना ६ सन्तानका साथ पति ब्राडसित अलग हुने सोच उनले बनाएकी हुन् ।

????????????
५२ वर्षीय अभिनेता ब्राड र ४० वर्षीया जोलीले लामो समय ‘लिभिङ रिलेशनसीप’ पछि विवाह गरेका हुन् । विवाह अघि नै यी जोडीले ६ सन्तान हडप्पेका थिए । ब्राड र जोलीले परिवार र आफ्ना नजिकका साथीहरुलाई निम्ताएर सन् २०१४ मा फ्रान्समा विवाह पार्टी दिएका थिए । उनीहरुले एक अनौपचारिक समारोहमा क्यालिफार्नियाको स्थानीय न्यायधिशमार्फत विवाह लाइसेन्स लिएका छन् ।

Comments