अब यिनी पनि निर्देशक
screennepal
प्रकाशित: २०७२, १५ मंसिर मंगलवार
no img

लस एञ्जलस । अब हलिउडकी सेक्सी अभिनेत्री जेनिफर लरेन्स पनि निर्देशक बन्दैछिन् । ओस्कार विजेता फिल्म ‘हंगर गेम्स’ की यी अभिनेत्रीले अमेरिकी सेनामा हुने औषधी परीक्षणका बारेमा फिल्म बनाउन लागेकी छन् । जेनिफर निर्देशित फिल्मका लागि कलाकार चयन हुन भने बाँकी नै रहेको बताइएको छ । समाचार अनुसार ‘प्रोजेक्ट डेलिरियम’ नाम रहने उक्त फिल्म सन् २०१२ को डिसेम्बरमा सोही शीर्षकमा प्रकाशित एक लेखमा आधारित हुनेछ । उक्त लेखमा सन् १९६० भएको त्रुटिपूर्ण एसिड अनुसन्धानको बारेमा थियो । सो फिल्मले अमेरिकी सेनाले कसरी आफ्नो जवानमाथि एलएसडीजस्तो लागुपदार्थको प्रयोग गर्छ ? भन्ने देखाउने जनाइएको छ । फिल्ममा को–को कलाकारले लिने भन्ने बारेमा अहिलेसम्म जेनिफरले केही खुलाएकी छैनन् । तर, उक्त आफूले निर्देशन गर्ने फिल्ममा अभिनय नगर्ने बताएकी छन् । यस फिल्मपछि हाँस्यप्रधान फिल्म निर्देशन गर्ने आफ्नो इच्छा रहेको उनले बताएकी छन् । यसअघि एन्जेलिना जोलीलगायत केही हलिउड अभिनेत्रीले फिल्म निर्देशन गरिसकेका छन् ।

Jennifer Lawrence 660 Reuters

Comments