इन्टरनेटले विस्थापित ‘प्ले व्वाय’को नग्न रुप
screennepal
प्रकाशित: २०७२, २७ आश्विन बुधबार
no img

न्युयोर्क । सेलिबे्रटीको नग्न तस्बिर छाप्दै आएको विश्व चर्चित म्यागजिन ‘प्ले व्वाय’ले आफ्नो रणनीति बदलेका छन् । महिलाको नग्न तस्बिर छापेर सधैं चर्चामा आइरहने यस पत्रिकामा अबको अंकदेखि नग्न तस्बिर देखिन पाइनेछैन । इन्टरनेटले नांगोपनलाई ‘आउटडेटेड’ बनाएको र अश्लील पत्रिका अहिलेको समयमा व्यावसायिक रूपमा व्यावहारिक नभएको भन्दै ‘प्लेब्वाय’का अमेरिकी मालिकले नग्न तस्बिरलाई स्थान नदिने घोषणा गरेका छन् । सन् १९७० को दशकमा ५६ लाख बिक्री हुने यस पत्रिका अहिले ८ लाखप्रतिमा झरेको छ । पत्रिकाले नग्न तस्बिर नछापे पनि ‘उत्तेजक तस्बिर’ भने छाप्ने न्युयोर्क टाइम्सले जनाएको छ । ‘प्लेब्वाय’का संस्थापक तथा प्रधानसम्पादक हग हेफ्नरको सहभागितामा गत महिना भएको बैठकमा यस्तो निर्णय भएको हो । सन् १९५३ मा स्थापना भएको पत्रिकाका कार्यकारीले समय पहिलेभन्दा निकै परिवर्तन भइसकेको बताए ।

playboy-magazine-april-2014_800
‘हामीले युद्ध लड्यौँ र जित्यौँ पनि,’ प्लेब्वायका प्रमुख कार्यकारी स्कट फ्लान्डरले भनेका छन्, ‘अहिले इन्टरनेटको जमाना हो, हामीले छाप्ने तस्बिर अब पुराना भइसके ।’ प्लेब्वायको वेबसाइटले यसअघि अश्लील तस्बिरहरू राख्न छाडिसकेको थियो । त्यसपछि वेबसाइटको लोकप्रियता बढेको छ र वेब ट्राफिक चरम अवस्थामा पुगेको छ ।

Comments