बलिउडमा यस्ता पनि कलाकार, जो सोशल मिडियादेखि डराउँछन्
screennepal
प्रकाशित: २०७२, ७ भाद्र सोमबार
no img

मुम्बई । बलिउडमा पनि यस्ता कलाकार छन्, जो सोसल मिडियादेखि डराउँछन् । तीमध्ये एक हुन्, अभिनेत्री सोनाली बेन्द्रे । कुनै समयकी यी चर्चित अभिनेत्री सोसल मिडियादेखि अझै टाढा छिन् । पछिल्लो समय फिल्मलाई भन्दा घृहिणी जीवनलाई प्राथमिकता दिँदै आएकी सोनाली भन्छिन्, ‘सोशल मिडियामा आफ्नो नीजि जिन्दगीका कुरा शेयर गर्दा ख्याल राख्नुपर्छ । मलाई त आफ्नो कुरा शेयर गर्न एकदमै डर लाग्छ । त्यसैले म केही पनि अनलाइनमा शेयर गर्न सक्दिनँ ।’

sonali
सोनालीको धारणा छ, सकेसम्म नीजि कुरा नीजि नै हुनुपर्छ । सोनाली भन्छिन्, ‘म बेसिकली एक प्राइभेट पर्सन हुँ । त्यसैले सोशल मिडियामा आफ्नो नीजि जीन्दगीका कुरा दोस्रो व्यक्तिलाई शेयर गर्न मलाई डर लाग्छ ।’ उनी अगाडि थप्छिन्, ‘मेरो कुरा सुन्दा अरुलाई मजाक लाग्नसक्छ किनकि, म ग्ल्यामर्स इन्डस्ट्रीको एक हिस्सा पनि हुँ । तर, म अलिक फरक सोचकी छु । म आफ्नो सोच परिवर्तन गरिरहन्छु ।’
आफू डराए पनि आफ्नो परिवार फ्रेन्डली रहेको उनी बताउँछिन् । सोनालीका अनुसार आफ्नो पति फिल्म निर्माता गोल्डी बहल र छोरा टेक्नो निकै फ्रेन्डली छन् । सोनाली भन्छिन्, ‘हुन सक्छ, एकदिन मेरो मनबाट डर भाग्ने छ र म पनि सोशल मिडियामा जानेछु । तर, ट्विटरमा आफ्नो कुरा राख्न सिर्फ १४० अक्षरमा मलाई निकै मुश्किल हुनेछ किनकि, मसँग शेयर गर्ने कुरा एकदमै धेरै छन् ।’ (Agency)

Comments