टाइगरसँग एलीको नाच्ने इच्छा
screennepal
प्रकाशित: २०७२, ५ भाद्र शनिबार
no img

मुम्बई, (एजेन्सी) । बलिउड मोडल तथा अभिनेत्री एली एवराम नृत्य गर्न भनेपछि हुरुक्कै हुन्छिन् । उनी नृत्यमा आधारित फिल्ममा काम गर्न रुचाउँछिन् । एलीले भन्छिन्, ‘टाइगर श्राफका साथ नृत्यमा आधारित फिल्ममा गर्न चाहन्छु ।’

Elli-Avram-
यी अभिनेत्रीले फिल्म ‘किस किसको प्यार करुं’ मा हास्य अभिनेता कपिल शर्माका साथ रोमान्स गरेकी छन् । एली भन्छिन्, ‘यहाँ धेरै अभिनेता छन् । त्यसमा जो मनपर्छ उनीसँग काम गर्न चाहन्छु । म सलमान खानसँग काम गर्न चाहन्छु । मलाई टाइगर श्राफ र वरुण धवनसँग पनि काम गर्ने मन छ । रणवीर धेरै मजाक गर्छन् । उनीमा एनर्जी राम्रो छ ।’
एली ‘मिक्की वायरस’की अभिनेत्री हुन् । एली ‘बिगबोस’ र नृत्यमा आधारित रियालिटी शो ‘झलक दिखला जा’ जस्ता सानो पर्दाको स्वाद चाखेर ठूलो पर्दामा फड्को मारेकी छन् ।
एली भन्छिन्, ‘टाइगर श्राफसँग फिल्ममा काम गर्ने मेरो मन छ किनकि उनी राम्रो डान्सर हुन् । फिल्ममा उनीसँग डान्स गर्ने इच्छा छ ।’ लोकप्रिय जोडी अब्बास–मस्तानको निर्देशनमा बनेको फिल्म ‘किस किसको प्यार करुं’ एलीको दोस्रो फिल्म हो । यो फिल्म २५ सेप्टेम्बरमा रिलिज हुँदै छ ।

Comments