शुभेच्छा झन्–झन् हट !
screennepal
प्रकाशित: २०७२, ३२ श्रावण सोमबार
no img

काठमाडौं । केही समयअघि माछाले माथिल्लो अंग छोपेर फोटोसुट गरेपछि चर्चामा आएकी अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापा अहिले फेरि चर्चामा छिन् । यसपटक उनले आफ्नो छातिमा नेपालको राष्ट्रिय झण्डाको टाटु खोपाएपछि चर्चामा आएकी हुन् । यीसँगै अब चाँडै शुभेच्छा एक चलचित्रमा ‘हट अवतार’मा देखिँदैछिन् । चलचित्र ‘बिन्दास–३’मा शुभेच्छाले खुलेर अंगप्रदर्शन गरेकी छन् । उनका अनुसार यसपटक ‘झनै हट’ देखिनेछिन् ।

shuvechchha (3)

तस्बिर : शिवलाल श्रेष्ठ/तस्बिर स्टुडियो बागबजार

‘बिन्दास–३’ आउँदो २० कार्तिकमा रिलिज हुँदैछ, जसमा दर्शकले शुभेच्छालाई ‘हट अवतार’मा पाउनेछन् । चलचित्र ‘बिन्दास–३’ बारे शुभेच्छाले भनिन्, ‘यस चलचित्रमा दर्शकले मेरो नयाँ रुप देख्न पाउनेछन् ।’ उनका अनुसार यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।’
दर्जनौ चलचित्रमा अभिनयका अलावा केहीमा निर्मातासमेत रहिसकेकी शुभच्छाले ‘बिन्दास–३’ले आफ्नो अभिनय करिअरमा नयाँ अध्याय थप्ने विश्वास लिएकी छन् । शुभेच्छा भन्छिन्, ‘बिन्दास–३’ मा झनै हट सीन दिएकी छु ।’ उनले विषयवस्तुअनुसार चलचित्रमा अंगप्रदर्शन गरेकी बताइन् ।
‘कथाले मागे दिनु सक्नुपर्छ’ भन्ने मान्यताकी शुभेच्छा हट मात्र नभएर कोल्ड पनि बन्ने गरकी छन् । ‘बिन्दास–३’ को हट अवतार सेलाउन नपाउँदै शुभेच्छा चलचित्र ‘मखमली’ मा ‘कोल्ड’ भूमिकामा देखिनेछिन् । समाजसेवी चरिमाया तामाङको जीवनीमा आधारित भनिएको चलचित्र ‘मखमली’ मा शुभेच्छा एक शसक्त नारीको भूमिकामा देखिँदैछिन् ।

shuvechchha (2)
उनी भन्छिन्, ‘यो चलचित्रमा गाउँदेखि सहरसम्म मखमलीले गरेको संघर्षलाई उतारिएको छ । चलचित्रमा मैले मखमली नामकी युवतीको भूमिका निर्वाह गरेकी छु ।’ उनले चलचित्र चरिमयााकै जीवनमा आधारित नभए पनि उनको जीवनसँग मेल खाने बताइन् ।

shuvechchha (1)
‘मखमली’ को निर्माण शुभेच्छाले नै गरेकी हुन् । राजु गिरीले निर्देशन गरेको ‘मखमली’ मंसिर अन्तिम साता रिलिज गर्ने लक्ष्य रहेको शुभेच्छाले सनाइन् । एक महिनाकै अन्तरमा दुई फरक भूमिकामा देखिन लागेकी शुभेच्छाले भनिन्, ‘म कलाकार हुँ । त्यसैले फरक–फरक भूमिकामा देखिनु कुनै नौलो होइन ।’ तर, उनी साधारणभन्दा पनि आधुनिक नारीको भूमिमा गर्न रुचाउँछिन् । उनी भन्छिन्, ‘समय सापेक्षित आधुनिक नारीको भूमिका गर्दा मलाई
आनन्द लाग्छ ।’ तस्बिर : शिवलाल श्रेष्ठ/तस्बिर स्टुडियो बागबजार 

Comments