‘एनआरएनए’ आयरल्याण्डमा अध्यक्ष पदमा उठ्दै सागर
screennepal
प्रकाशित: २०७२, २५ श्रावण सोमबार
no img

काठमाडौं । आयरल्यान्डमा चुनावी सरगर्मी सुरु भएको छ । २५ अगष्टमा हुने पाँचौ अधिवेशनका लागि सातादिन अघिदेखि नै उमेरदवारी घोषणा गर्ने होडबाजी चलेको छ । यसैक्रममा वर्तमान उपाध्यक्ष सागर लामाले अध्यक्ष पदमा उमेरदवारी घोषणा गरेका छन् । काभ्रेमा जन्मेहुर्केका सागर एक दशकदेखि आयरल्याण्डमा व्यवसायिक गर्दै आएका छन् । उनले अध्यक्ष पदमा उमेरदवारी घोषणा गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

sagar lama
उमेरदवारी घोषणापत्रमा उनले भनेका छन्, ‘पहिलो कुरा आप्रवासी विद्यार्थीको सुख, दुःखमा सक्दो सहयोग गर्नेछु ।’ उनले आयरल्याण्डमा भएका विद्यार्थीमा त्यहाँ बोलिने अंग्रेजी भाषामा समस्या रहेको बताउँदै घोषणापत्रमा भनेका छन्, ‘एनआरएनए आयरल्याण्डको पहलमा हेल्पलाइन शिविर सञ्चालन गर्न यथाशिग्र पहल गर्नेछु, जसले अंग्रेजी भाषा नजान्नेका लागि ठूलो मद्दत गर्नेछ ।’ अध्यक्ष पदमा निर्वाचित भए नेपालको आर्थिक वृद्धिदर बढाउन विदेशी लगानी भित्राउन पहल गर्ने सागरले बताए ।
सामाजिक तथा राजनीति रुपान्तरणका लागि एनआरएनएको ठूलो हात हुने बताउँदै उनले एकपटकको नागरिक सधैंका लागि नेपाली नागरिक हुने भएकाले दोहोरो नागरिकता प्राप्ती र विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने अधिकार माग गर्ने बताएका छन् । आफ्नो बँदागत प्रतिबद्धतामा सागरले आयरल्याण्डमा रहेका नेपालीलाई निःशुल्क कानुनी सल्लाहको प्रबन्ध र सुचना केन्द्र स्थापना गर्ने बताएका छन् । आसन्न अधिवेशन प्रजातान्त्रिक र पारदर्शी हुने दावी गर्दै आगामी नयाँ कार्यसमितिले आयरल्उयाण्डमा रहेको गैरआवासिय नेपालीका लागि धेरै कल्याणकारी काम गर्नुपर्ने उनले बताए ।

Comments