फेरि छाउँदै रुपकी रानी ऐश्वर्या
screennepal
प्रकाशित: २०७२, २२ श्रावण शुक्रबार
no img

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेत्री तथा पूर्वमिस वल्र्ड ऐश्वर्या राय बच्चन फेरि एकपटक हट अवतार लिएर आउँदैछिन् । फिल्म ‘जज्बा’मार्फत बलिउड इन्डस्ट्रीमा दमदार कम्ब्याक गर्ने तयारीमा रहेकी ऐश्वर्याले हालै एक हट फोटोसुट गरेकी छन् । उनले लाइफ स्टाइल म्यागजिन ‘हेल्लो’ का लागि फोटोसुट गरेकी हुन् । सो म्यागजिनमा रुपकी रानी  ऐश्वर्या  आवरण गर्ल बनेकी छन् ।

aishwarya-rai-bachchan
ऐश्वर्याले फोटोसुटको दौरानमा केही चर्चित डिजाइनरको डे«स लगाएकी छन् । उनले अबू जानी, सन्दीप खोसला, जर्ज होबेका, रामी अल अलीजस्ता डिजाइनरले तयार बनाएका पहिरनमा फोटोसुट गरेकी छन् । यी बलिउडका चर्चित डिजाइनर हुन् । नाम र चर्चित मानिएका डिजाइनले तयार पारेको पहिरनमा ऐश्वर्या निकै गर्जियस देखिएकी छन् ।

Aish
एैश्वर्याले ‘हेल्लो’ म्यागजिनलाई निकै लामो अन्तर्वातासमेत दिएकी छन् । सो अन्तर्वातामा ऐश्वर्याले भनेकी छन्, ‘म एक मोडल र अभिनेत्री मात्र नभए टाइटल विनर पनि हुँ । मेरो करिअर मल्टि डायमेन्शनल रहेको छ । मैले केही फरक–फरक प्लेटफर्ममा आफ्नो देशको प्रतिनिधित्व गरेको छु ।’ सञ्जय गुप्ता निर्देशित फिल्म ’जज्बा’ ९ अक्टुबरमा रिलिज हुँदैछ । फिल्मबाट ऐश्वर्या आशावादी छिन् । ‘जज्बा’बारे ऐश्वर्याले भनिन्, ‘यो फिल्म लामो समयको ग्यापपछि गरेकी हुँ । मलाई लाग्छ, फिल्म दर्शकले मन पराउनेछन् ।’

Comments