सलमानको ७ वर्षीया मुन्नी (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, ४ श्रावण सोमबार
no img

Harshali Malhotra

काठमाडौं । हाल रिलिज भइरहेको बलिउड अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ तपाईले हेर्नुभयो ? हेर्नु भएको भए सायद एक बालकलाकारको अभिनय पक्कै मन प-यो होला । सलमानसँग अभिनय गर्न पाउने ती भाग्यशाली बालकलाकार हुन्, हर्षाली मल्होत्रा । जसले अहिले चर्चा–परिचर्चा पाइरहेकी छन् । फिल्ममा हर्षाली मुन्नीको भूमिकामा देखिएकी छन् । हुन त हर्षालीले सलमानसँग फिल्म खेल्न त्यतिकै अवसर पाएकी होइनन् । उनले आफूजस्तै करिब एक हजार जना बालिकालाई उछिनेर आएकी हुन् । फिल्ममा मुन्नीका भूमिकाका लागि सलमानले हजारभन्दा बढी बालिका हेरेका थिए, जसमा हर्षाली भाग्यमानी भएकी हुन् । फिल्ममा हर्षालीको आफ्नै आवाज दिएकी छन् । ७ वर्षीया नन्ही हर्षाली दिल्लीकी हुन् । हर्षालीले भारतीय फिल्म र टीवी इन्डस्ट्रीमा नयाँ कलाकार हहुन् । तर, यसअघि पिअरस र फेयर एन्ड लभलीजस्ता केही ठूला प्रोडक्टसको एडमा काम गरिसकेकी छन् । अब चाँडै हर्षाली सानो पर्दामा पनि देखिँदैछिन् । उनले सीरियल ‘लौट आओ तृषा’ काम गरेकी छन् । (एजेन्सीको सहयोगमा)

Harshali Malhotra 3

Harshali Malhotra 2

Harshali Malhotra 1

Comments