विद्यार्थी हँसाउँदै हास्य कलाकार
screennepal
प्रकाशित: २०७२, २२ जेष्ठ शुक्रबार
no img

काठमाडौं । देशमा गएको विनाशकारी भूकम्पले सबै क्षेत्रलाई तहसनहस बनाएको छ । भूकम्पले खासगरी बालमस्तिष्कमा प्रभाव पारेको छ । जेठ १७ गतेबाट शैक्षिक संस्थाहरु सञ्चालनमा आएपनि पठन पाठन भने पूर्ण रुपमा हुन सकिरहेको छैन । बालमनोविज्ञानमा परेको असरलाई कमगर्न केही कलाकारहरु लागि परेका छन् । यस्तैमध्ये कलाकारहरु उत्तम केसी, सुभाष गजुरेल, सानुकुमार ताम्राकार, उमेश मायालु, सहदेव कार्की, रामकाजी घिमिरे, गोपाल अधिकारी, दिपचन्द्र मोक्तानलगायतकाहरु बाल बालिकालाई विभिन्न उपायहरु द्वारा हासो फर्काउन लागि परेको छन् ।

kalakar

उनीहरुको समूहले भानु भक्त मेमोरियल पानी पोखरी, मञ्जरी सेकन्डरी स्कूल गोल्फुटार, एलआर आइ कलेज कंलकी, टाइमस ऐकेडमी लोलङ लगायतका स्कूल कलेजहरुमा गएर विधार्थीहरुलाई हसाउने प्रयास गरेका छन् । बाल मनोविज्ञानमा केही भए पनि सकारात्मक प्रभाव पार्न, डर त्रास हटाउन आफुहरु लागि परेको उत्तम केसी बताउँछन् । यो समूहले स्कूल तथा कलेजमा क्यारिकेचर, प्रहशन, गीत, नृत्य तथा जादू देखाएर विधार्थीहरुलाई मनोरञ्जन प्रदान गरिरहेको छ ।

Comments