ग्रामी अवार्ड रेड कार्पेट : म्याडोनाको ‘बोल्ड लुक्स’
screennepal
प्रकाशित: २०७१, १ फाल्गुन शुक्रबार
no img

madona

न्युयोर्क । अमेरिकन गायिका गीतकार तथा अभिनेत्री म्याडोनाले ५७औं ग्रामी अवार्डसमा आफ्नो नयाँ एल्बम ‘रेबेल हर्ट’ को गीत ‘लिभङ फर सिंगल’ मा पर्फमेन्स दिइन् । ग्रामी अवार्डको रेड कार्पेटमा म्याडोना निकै बोल्ड लुक्समा उपस्थित थिइन् । म्याडोनाले अवार्ड समारोहमा क्लिक गराएका तस्बिरहरु ट्विटरमा पनि सेयर गरेकी छन् । ग्रामी अवार्डको स्टेज होस्ट गरेका गायिका माइली साइरस र निकी मिनाजले उनलाई स्टेजमा बोलाएका थिए ।

madonna-mert-marcus-

यसपटक अवार्डमा म्याडोना कुनै पनि विधामा नोमिनेसशनमा परेकी थिइनन् । उनको एल्बम ‘रेबेल हर्ट’ को केही गीत आउन बाँकी नै छ । ती गीत १० मार्चमा रिलिज गर्ने उनले बताएकी छन् । सन् १९८६ देखि यता म्याडोना ग्रामी अवार्डमा २८ पटक नोमिनेशनमा परिसकेकी छन् भने ७ पटक अवार्ड जितेकी छन् ।

Comments