केलीबाट ट्विटर र मोबाइल फोन बाईबाई !
screennepal
प्रकाशित: २०७१, २२ पुष मंगलवार
no img

न्युयोर्क । पछिल्लो समय सोसल नेटवर्क मान्छेको लत बन्न थालेको छ । सार्वजनिक कार्यक्रममा समेत मान्छेहरू हिजोआज मोबाइलमा फेसबुक, ट्विटरजस्ता सोसल नेटवर्क चलाइरहेका पाइन्छन् । यस्तो लतमा सर्वसाधारण मात्र नभइ सेलिब्रेटी पनि परेका छन् । केही यस्ता सेलिब्रेटी छन्, जो २४ घन्टामा १२ घन्टा सोसल नेटवर्कमै झुन्डिरहेका हुन्छन् । तर, यसैबेला बलिउड अभिनेत्री केली ब्रुकले भने ट्विटर, इन्स्टाग्राफजस्ता सोसल मिडियाबाट टाडा हुने प्रतिज्ञा गरेकी छन् । यी अभिनेत्रीले नयाँ वर्ष २०१५ को अवसरमा यस्तो प्रतिज्ञा गरेका हुन् ।

Kelly-Brook
अमेरिकाबाट प्रकाशित लाइफस्टाइल म्यागजिन ‘ओके’ ले जनाएअनुसार हलिउड फिल्म ‘वन बिग ह्याप्पी’ की अभिनेत्री केलीले नयाँ वर्षदेखि नै आफ्नो मोबाइल फोनमा पटक–पटक इन्टरनेट चेक गर्ने लत छाड्ने प्रतिज्ञा गरेकी हुन् । पछिल्लो समय केली र उनका साथी डेबिड मैक्लन्टोसबीच ट्विटरमा गहिरो टकराव थियो ।
तर, नयाँ वर्षदेखि केलीले ट्विटर आदतबाट टाडा हुने संकल्प गरेकी छन् । यी अभिनेत्रीले उक्त म्यागजिनसँग भनेकी छन्, ‘म अब जिममा बढी समय बिताउने छु । तर सोशल मीडियालाई धेरै समय दिने छैन । मलाई ट्विटर र इन्स्टाग्रामको आदत छ । यस कारण मैले केही समय आफ्नो फोनविना समय बताउने निर्णय गरेकी छु । अब मसँग न रहन्छ फोन, न त सोसल मिडिया नै ।’

 

Comments