शुषमाको…बर्बादै भएछ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, १७ पुष बिहीबार
no img

देखिएको दृश्य लोकदोहोरी गीतको भिडियोको हो । यी अभिनेत्री सुषमा कार्की हुन् । नेपाली फिल्ममा हट हिरोइनको रूपमा चर्चा कमाएर फिल्मबाटै सेलाएकी यी हिरोइन अचेल लोकदोहोरी गीतमा नाचेर कलायात्रालाई जसोतसो घिसारिरहेकी छिन् । फिल्ममा हट दृश्य दिएरै केही समय चर्चाको घेरामा रहेकी उनी लोकगीतमा पनि उस्तै देखिन थालेकी छिन् । गायिका रमिला न्यौपानेको गीत ‘बर्बादै भयो’को एक दृश्यमा उनको भित्री वस्त्र देखिएको छ । उनको छवि यस्तै छ, उनलाई ठीकै लाग्ला । तर, यहाँ त नेपाली उखान ‘के जाती गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्याजस्तै भयो । भिडियो निर्देशक, क्यामेराम्यान र गायिकाले अलिकति ध्यान दिनुपर्दैन र ? उनीहरूले पनि यही दृश्यलाई युट्युबमा प्रचारका लागि सुरुमै राखेछन् । गीतमा गायिकाले ‘बर्बादै भयो’ भन्छिन् । यस्तै हर्कतले त लोकदोहोरी गीतलाई नै बर्बाद पार्लान् जस्तो पो लाग्न थाल्यो ।
शुक्रवारबाट

Comments