लुम्बिनीबाट ‘द रेञ्ज’ को प्रमोशन
screennepal
प्रकाशित: २०७१, २० मंसिर शनिबार
no img

काठमाडौं । भगवान गौतम बुद्धलाई समेटेर निर्माण गरिएको नेपाली चलचित्र ‘द रेञ्ज’ को प्रमोशन बिहीबार लुम्बिनीबाट सुरु गरिएको छ । चलचित्रका निर्माता, निर्देशक, प्रस्तुतकर्ता तथा कलाकारसहितको टोलीले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप बालेपछि चलचित्रको प्रमोशन सुरु गरिएको हो । यो चलचित्र ४ पुसबाट अलनेपाल रिलिज हुँदैछ ।

the ranj
प्रमोशनपछि पत्रकार सम्मेलनमा चलचित्रका प्रस्तुतकर्ता पिताम्बर आचार्यले भगवान गौतम बुद्धको सम्बन्धमा चलचित्र ‘द रेन्ज’ निर्माण गरिएको कारण यसको प्रमोशन लुम्बिनीबाट गरिएको बताए । ‘मानिसले अन्जानमै भएपनि गल्ती गर्नु हुदैन, यसले पीडा दिन्छ’ आचार्यले भने, ‘हामी सबैले बुद्ध वाणीलाई ध्यान दियौ भने देशमा दीर्घकालीन शान्ति स्थापना हुन्छ ।’ कार्यक्रममा निर्देशक राम नेपालले देशमा पछिल्लो समय छाडा प्रवृत्तिको चलचित्र निर्माण हुन थालेको कारण आफूहरुले फरकधारको चलचित्र निर्माण गरेको दाबी गरे । ‘हामीले सबै खाले तह र तप्काका दर्शकहरुको भावनाअनुरुप तथा भगवानको अलौकिक शक्तिलाई लिएर चलचित्र बनाएका हुँ’ उनले भने । चलचित्रमा राज क्षितिज, लोकेन ओली, दिपा थापा, सुनिता आचार्य, निशा सुनार गणेश उप्रेतीलगायतको अभिनय रहेको छ ।

Comments