‘भाउजु’को फिल्म खेल्ने इच्छा
screennepal
प्रकाशित: २०७१, १४ मंसिर आईतवार
no img
maya

लिम्बू भेषभूषामा माया खापुङ, मोडल

काठमाडौं । उनी सबैकी ‘भाउजु’ अर्थात् माया खापुङ । हङकङमा बसेर मोडलिङ गर्दै आएकी भाउजु अहिले नेपाल आएकी छन् ।  दुई वर्षको अन्तरालमा मोडलिङ तथा घुमघामको समय निकालेर माया काठमाडौं आएकी भाउजु यहाँको परिवर्तन देखेर अचम्मित भएकी छन् । ‘काठमाडौंको परिवर्तन देख्दा अनौठो र लाग्यो र, खुसी पनि’ उनले भनिन्, ‘जेहोस्, नेपालमा पनि विकास हुँदैरहेछ ।’ १५ वर्षदेखि हङकङको काउलुनमा बस्दै आएकी भाउजु अर्थात् मायालाई हालै सम्पन्न सार्क सम्मेलनले फेरिएको राजधानीको मुहारले खुसी तुल्याएको हो । तर, सार्कले फेरिएको राजधानी कहिलेसम्म टिक्ने हो, त्यो थाहा छैन ।अहिले मोडलिङमै सिमित हुँदै आएकी ‘भाउजु’लाई आफूले भनेजस्तो कथावस्तु पाएमा फिल्म खेल्ने रहर छ ।
म्युजिक भिडियोमा मात्रै मोडलिङ गर्दै आएकी मायाले आफूले चाहेजस्तो कथावस्तु पाए चलचित्रमा समेत अभिनय गर्ने बताइन् । उनले भनिन्, ‘यसअघि पनि धेरै चलचित्रमा प्रस्ताव आएको थियो । तर समय अभावले गरिनँ । तर, अब राम्रो विषयवस्तमा बन्ने चलचित्रमा प्रस्ताव आए अभिनय गर्ने सोच बनाएकी छु ।’ उनले चाहेको कथावस्तु नारीप्रधान हो, जसमा नायिकाको रोलमा नायक सरह हुनुपर्ने छ ।

maya1मायाले सानैदेखि कलाकारिता तथा मोडलिङप्रति रुचि भएर पनि समयमा आफ्नो इच्छा पूरा गर्न नपाएको सुनाइन् । ‘टिनएजमै हङकङ गएँ, त्यसैले समय दिन पाइन’ उनले भनिन्, ‘हङकङमा अफिसको काम र समाजसेवामै बढी मेरो समय व्यतित हुन्छ ।’ तर, हङकङको व्यस्तताको बावजुद पनि म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी मायाले सुनाइन् ।
‘सोल्टी ज्युलाई मेरो सेवारो’लगायतका गीतको म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी मायाले नेपाल बसाईका क्रममा पनि काम गर्नेछिन् । मोडलिङ र घुमघामको समय निकालेर नेपाल आएकी मायाले भनिन्, ‘केही समय भयो, बल्ल मोडलिङलाई समय दिन भ्याएकी छु । त्यसअघि त घरव्यवहार चलाउनमै व्यस्त भइयो । अहिले फुर्सद भएरै राम्रो चलचित्र पाएँ भने काम गर्ने भनेकी हुँ ।’
हङकङको हावापानी रमाउने बानी परेकी मायाले भनिन्, ‘अहिले त काठमाडौं पनि हङकङ जतिकै फेसनेवल सहर भइसकेछ । यसैमा म खुसी छु ।’ उनले हङकङमा नेपाली चलचित्रको बजार राम्रो भएको पनि सुनाइन् । याक्थुङ आर्टिस्ट सोसाइटी, हङकङकी सदस्यसमेत रहेकी मायाले भनिन्, ‘राम्रो नेपाली चलचित्रहरु हङकङमा पनि रामै्र चल्छ ।’ मायाले हङकङमा मोडलिङका अलावा समाजसेवा र विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्दै आएकी छन् । हालैमात्र ‘सेम्याङफुङ साँझ’ आयोजना गरेर आएकी मायाले भनिन्, ‘आफ्नो संस्कार, संस्कृति र पहिचानका लागि पनि कार्यक्रम गर्दै आएकी छु ।’

Comments