आमा बनिन् जेनेलिया
screennepal
प्रकाशित: २०७१, १० मंसिर बुधबार
no img

riteish-deshmuk

मूम्बई । ‘इट्स अ ब्वोय’ बलिउड अभिनेता रितेश देशमुखले यस्तो ट्विट गरेपछि उनलाई बधाइको आईरो आउन थाल्यो । मंगबार रितेशको ट्विटलाई फर्काउँदै अभिनेता अभिषेक बच्चनले लेखे, ‘कंग्याचुलेसन’ अर्थात् बधाइ छ ।’ हो, अभिनेता रितेश र अभिनेत्री जेनेलिया डिसुजा देशमुख सन्तानको बाबु–आमा बनेका छन् । करिब डेढ वर्षअघि बिहे गरेका उनीहरुले मंगलबार छोरा पाएका छन् । छोराको बाबु बनेपछिको पहिलो खुसी थियो त्यो रितेशको ट्विट ।
अभिनेता रितेशले आफू बाबु भनेको खुसीयाली सबैभन्दा पहिले आफ्ना फ्यानहरुलाई ट्विटरमार्फत जानकारी गराएका थिए । रितेशको उक्त ट्विटे खुसीपश्चायत अभिषेक बच्चन, करन जौहर, अरबाज खान, दीया मिर्जा, तुषार कपुरलगायततका बलिउड हस्तीले उनलाई बधाइ दिएका छन् । रितेश र जेनेलियाले लामो अफेयर्सपछि सन् २०१२ फ्रेबुअरीमा बिहे गरेका थिए । उनीहरु फिल्म ‘तुझे मेरी कसम’ को प्रमोसनका क्रममा सन् २००३ मा नजिक भएका थिए । एजेन्सी

Comments