लोकप्रिय गायक राजेशपायल राईका साथमा चर्चित पूर्वेली लोकगीत ‘डाली घाँसैमा’ र ‘मै दुःखी चेली’ गीतबाट चर्चामा आएकी गायिका डेनी इम्सङ देवान नयाँ लोकगीत ‘साह्रै मिठो हर्पेको नौनी घ्यू, के मान्नु लाजसरम हाँसी बोलिदिऊँ’को भिडियोसहित आएकी छन् ।
विमल खेवाछालीको शब्द तथा मनोज साङसोन राईको संगीत रहेको गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् । मणिराज देवानले निर्माण गरेको भिडियो गायिका डेनीको नीजि युटुब च्यानलमा हेर्न सकिन्छ ।