रोजको मोक्तानले ल्याए ‘तरुनी’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, २९ कार्तिक शुक्रबार
no img

गायक रोज मोक्तान नयाँ लोकपप गीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजकै शब्द संगीत र आवाजमा तयार भएको गीतको भिडियोमा निरन्जली लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोलाइ युवराज वाईबाको निर्देशन रहेको छ ।
रामेछापको खनियापानीका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन छेत्रमा प्रबेश गरेका थिए । ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता र तामाङ भाषा गरी ११ वटा एल्बम निकालिसकेका छन् ।
नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश बिदेशका स्टेज कार्यक्रममा व्यस्त हुने गायकमध्ये पर्छन् । ‘तरुनी’ रोजको पछिल्लो गीत हो ।

Comments