समुद्री तटमा आयुष्मान र शिल्पाको रोमान्स (फोटो फिचर)
screennepal
प्रकाशित: २०७६, ९ असार सोमबार
no img

यही २० असारबाट मुलुकका सिनेमा हलमा रिलिज हुने नेपाली चलचित्र ‘सानो मन’को शीर्ष गीत रिलिज भएको छ । निर्माण संस्था हाईटेक इन्टरट्रेनमेन्टको च्यानलबाट यो गीतको भिडियो रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा अभिनेता आयुष्मान देसराज जोशी र अभिनेत्री शिल्पा मास्केको अभिनय छ । गीतमा शिल्पा र आयुष्मानको प्रेमका आरोह अवरोह देखाइएको छ । सुयोग सोताङको संगीत रहेको गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द रहेको छ ।

‘गीत चल्तीको भन्दा अलिक फरक बनाएका छौँ, जसले नेपाली चलचित्रमा आइरहेका प्रेमगीतहरु भन्दा फरक स्वाद दिन्छ’, गीतको बारेमा संगीतकार सोताङले बताए । चलचित्रका निर्देशक सुयोग गुरुङले गीत चलचित्रको कथासँग नजिक रहेको बताए ।


यसअघि रिलिज भएको यस चलचित्रको ‘रानु कम्मर’ बोलको गीतले चर्चा पाइरहेका अर्र्को गीत रिलिज गरिएको हो । काठमाडौं, भैरहवा, बैंककलगायतका ठाउँहरुमा छायाँकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजिव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।
चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देवकुमार श्रेष्ठलगायतका कलाकारको पनि अभिनय छ । ओपिजी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाईटेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

Comments