‘एक लड्कीको देखा तो ऐसा लगा’ ‘ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७५, १२ पुष बिहीबार
no img

कुनै समयको सुपर हिट बलिउड फिल्म ‘१९४२ अ लभ स्टोरी’को चर्चित गीत ‘एक लड्कीको देखा तो ऐसा लगा’ अब फिल्ममा हेर्न पाइने भएको । यही शीर्षकमा बलिउडमा फिल्म बनेको छ । फिल्म ‘एक लड्कीको देखा तो ऐसा लगा’को ट्रेलर रिलिज भइसकेको छ । उक्त ट्रेलरले सोशल मिडियामा एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ ।
दुई मिनेट ३४ सेकेण्डको ट्रेलरमा राजकुमार राव र सोनम कपूरको लभ एंगललाई देखाइएको छ । यो फिल्म यही आउँदो १ फेब्रुअरीमा रिलिज हुँदै छ । यो फिल्म रिलिजसँगै २०१९ मा राजकुमार राव र सोनम कपूरको अनेस्पेक्टेड प्रेम रोमान्स देख्न पाइने अपेक्षा गरिएको छ ।
यो फिल्मको ट्रेलरले अहिले राम्रै चर्चा पाउन थालेको छ । यो फिल्ममा जुही चावला र अनिल कपूरको पनि मुख्य भूमिका रहेको छ । रोमान्टिक ड्रामा फिल्ममा अनिल कपूर र राजकुमार रावको भूमिका प्रभावकारी छ । साथै लामो समयको ग्यापपछि जुही चावला सिल्भर स्क्रिनमा देखिन लागेकी हुन् ।
त्यस्तै, अनिलले फिल्ममा बाबुको रोल गरेका छन् । उनको भूमिका परफेक्ट लाग्छ । यो फिल्मको ट्रेलर हेरेर बलिउडका बरिष्ठ फिल्म समीक्षक तरण आदर्शले ‘फिल्मको ट्रेलर राम्रो बनेको’ प्रतिक्रिया दिएका छन् ।

Comments