लय र रेखालाई हरितारा पुरस्कार
screennepal
प्रकाशित: २०७५, १८ मंसिर मंगलवार
no img

अभिनेत्री रेखा थापा र कलाकार लय संग्रौलालाइृ यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिएको छ । सोमबार राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार प्रदान गरिएको हो ।
नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षण सम्वद्र्धन र सन्देश मूलक टेलिचलचित्रमार्फत अनवरत सेवा पु¥याएवापत संग्रौलालाई पुरस्कृत गरिएको जनाइएको छ । त्यस्तै, अभिनेत्री थापालाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिएको छ । संग्रौला र थापालाई नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगीत नेपाली चलचित्रकी नायिका चैत्य देवी, प्रथम हास्य अभिनेत्री बसुन्धरा भूसालद्वारा पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरि परिवर्तन नेपालले गतवर्षदेखि स्थापना गरेको श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार– २०७५ सम्मान जनही १० हजारसहित अभिनेता उत्तम केसीलाई र नेपाली रंगपत्रकारितामा योगदान पु¥याएवापत विजय रत्नतुलाधरलाई प्रदान गरिएको छ ।
यस्तै अभिनेता तथा निर्देशक रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री शोभिता सिंखडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिएको छ ।

Comments