६ महिनापछि घर फर्किन् सोनाली
screennepal
प्रकाशित: २०७५, १८ मंसिर मंगलवार
no img

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेत्री सोनाली बेन्द्रे क्यान्सरसँगको लडाइँ जितेर मुम्बई फर्केकी छन् । कुनै समयकी चर्चित अभिनेत्री सोनालीले अमेरिकमा क्यान्सरको उपचारपछि सोमबार घर फर्किएकी छन् ।
सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएपछि न्युर्योकबाट मुम्बई फर्किएको उनका पति गोल्डी बेहलले बताएका छन् । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अब थप उपचारका लागि न्युर्योक जानु नपर्ने बेहलले बताए । करिब ६ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले सुनाए ।
यस अवधिमा सोनालीप्रति सबैले देखाएको माया र समर्थनको लागि बेहलले धन्यवाद दिएका छन् । अब सोनालीको उपचार पूरा भएको र उनी पूर्णरुपमा स्वास्थ्य भएकी उनले बताए ।
न्युर्योकमा सोनालीको उपचारपछि उनलाई घर फर्काउन पाएकेमा आफू अत्यन्त खुशी भएको उनले बताए । अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनुपर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बेहल बताए ।

Comments