इन्फा अवार्ड–२०७१ : नाईं नभन्नु ल–२ हावी
screennepal
प्रकाशित: २०७१, १० कार्तिक सोमबार
no img

Infa 1

काठमाडौं । इन्टरनेशल नेपाली फिल्म एकेडमीको आयोजनामा पहिलोपटक आयोजना भएको ‘इन्फा फिल्म अवार्ड–२०७१’ मा चलचित्र ‘नाई नभन्नु ल–२’ हावी भएको छ । आइतबार राति हङकङस्थित यन लङ थियटर हलमा आयोजित अवार्डमा यस चलचित्रले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेतासहित सात वटा विधामा बाजी मारेको छ ।

Infa 2
नेपालका उपप्रधानमन्त्री एवं स्थानीय विकाशमन्त्री प्रकाशमानसिंहले उद्घाटन गरेको कार्यक्रममा २० वटा बिधामा अवार्ड बितरण गरिएको थियो । अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रमा बिशेष योगदान पु¥याएवापत निर्माता तथा गोपीकृष्ण मुभिजका अध्यक्ष उद्धव पौडेललाई नगद पाँच लाखसहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजित कार्यक्रममा अभिनेचा शिव श्रेष्ठ, सर्वश्रेष्ठ अभिनेता, भुवन केसी अभिनय तारा, विजय लामा सुपर हिरो, गौरी मल्ल कला प्रतिमूति र स्पेसल रिकग्निसन अवार्ड अविनाश गुरुङलाई दिइएको छ भने कार्यक्रममा अभिनेत्री निशा अधिकारी र अभिनेता अर्जुन कार्कीलाई सम्मान गरिएको थियो । उनीहरलाई गत वर्ष सगरमाथा आरोहरण गरेर नेपाली चलचित्र क्षेत्रलाई विश्वस्तरमा चर्चामा ल्याएका कारण विशेष सम्मान प्रदान गरिएको हो ।

Infa
कार्यक्रममा अनुपविक्रम शाही, पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, माला लिम्बु, नन्दिता केसीलगायत हङकङमा बस्दै आएका नेपाली कलाकारले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, कार्यक्रममा सञ्जीव लामा गीत, सीताराम कट्टेल र कुञ्जना घिमिरेले प्रहसन प्रस्तुत गरेर उपस्थित दर्शक तथा पाहुनाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । इन्फा र हङकङ नेपाली महासंघद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको पूर्वमिस नेपाल र माल्भिका सुब्बाले सञ्चालन गरेकी थिइन् । कार्यक्रम सोचेभन्दा सफल भएको इन्फाका अध्यक्ष प्रदीप श्रेष्ठले बताए ।

अवार्डका विजेता  र विधा
उत्कृष्ट फिल्म : नाईं नभन्नू ल–२
निर्देशक : विकास आचार्य, नाईं नभन्नू ल–२
अभिनेता : आर्यन सिग्देल, महसुस
अभिनेत्रीः  नम्रता श्रेष्ठ, मौन
पटकथा : सुरज सुब्बा नाल्बो, बितेका पल
कथा : नवीन गौली र सुरज भुसाल, मौन
सहअभिनेता : सुरजसिंह ठकुरी, नाईं नभन्नू ल–२
सहअभिनेत्री : प्र्रियंका कार्की, नाईं नभन्नू ल–२
ख्लअभिनय : झरना थापा, कोही त छ
हास्यअभिनय : सीताराम कट्टेल, ६ एकान ६
संगीतकार : वसन्त सापकोटा, नाईं नभन्नू ल–२
गीतकार : कृष्णहरि बराल, नाईं नभन्नू ल–२
गायक : प्रेम परियार, नाईं नभन्नू ल–२
गायिका : मिलन अमात्य, काली
नृत्य : कविराज गहतराज, काली
नवअभिनेता : अनमोल केसी, होस्टेल
नवअभिनेत्री : सुजाता कोइराला, मञ्जरी
छायांकन : पुरुषोत्तम प्रधान, ढुवानी
सम्पादन :  अनन्जय खड्का, साँघुरो
द्वन्द्व : राजेन्द्र खड्गी, नथिङ इम्पोसिबल
फ्रेस फेस अवार्ड : मलिना जोशी, ऋतु
मस्ट पपुलर एक्टर : दयाहाङ राई
मस्ट पपुलर एक्ट्रेस : प्रियंका कार्की

– तस्बिरहरु : अनलाइन खबरबाट साभार

Comments