बाटो फे-यौँ ‘अरे’लाई सावित गर्न गीतको सिरीज
screennepal
प्रकाशित: २०७५, १० आश्विन बुधबार
no img

फिल्ममात्र होइन, यहाँ गीतको पनि सिरीज बन्न थालेको छ । गीतकार दर्पण राईको ‘ब्लकबस्टर’ गीत ‘तिम्ले बाटो फे-यौं अरे’को दोश्रो सिरीज अर्थात ‘तिम्ले बाटो फे-यौं अरे–२’ निर्माण गरिएको छ । सम्भवतः नेपाली गीतको यो नै पहिलो सिरीज हो ।’
म्युजिक भिडियो निर्माण नै नगरी ‘तिम्ले बाटो फे-यौं अरे’ गीतलाई यु–ट्युबमा ढेड करोडभन्दा बढीले हेरिसकेका छन् । हरेक नेपाली श्रोताको ओठमा झुण्डिनु सफल तिनै गीतको सिरीजस्वरुप गीतकार दर्पणले ‘तिमीले खाएको कसम साँचो भाको भए’ रेर्कड गराएका छन् ।
यस गीतलाई ‘फिमेल भर्सन’मा अहिलेकी चर्चित गायिका मेलिना राईलाई नै गाएकी छन् । यसअघि ‘तिम्ले बाटो फे-यौं अरे’ पनि मेलिनाले नै गाएका हुन् । ‘मेल भर्सन’मा भने नेपाली गायनका ‘मेगास्टार’ राजेशपायल राईले गाएका थिए । यसपटक पनि उनैलाई गाउन दिने गीतकार तथा म्युजिक भिडियो निर्देशकसमेत रहेका दर्पणले बताए ।
‘तिम्ले बाटो फे-यौं अरे’को संगीतकार भने परिवर्तन गरिएको छ । यस गीतको दोस्रो सिरीजलाई गायक तथा संगीतकार संगीत विक्रम राईले संगीत गरेका छन् जबकि, ‘तिम्ले बाटो फे-यौं अरे’ गीतलाई टंक बुढाथोकीले संगीत दिएका थिए ।
‘तिम्ले बाटो फे-यौं अरे’ गीत नेपाली सांगीतिक क्षेत्रमा यति चर्चित छ, जसलाई विभिन्न भर्सनमा गाइएको छ । राजेशपायल र मेलिनाको समेत मनपर्ने गीतभित्र पर्ने ‘तिम्ले बाटो फे-यौं अरे’मार्फत नै दर्पण गीतकारका रुपमा चिनिएका हुन् । दर्पण भन्छन्, ‘यस गीतले मलाई त चिनायो नै, मबाहेक अरुलाई पनि चर्चामा ल्याएको छ ।’
‘तिम्ले बाटो फे-यौं अरे’ ‘लभ ट्राजिटी’ गीत हो । प्रेमीले चाहदा–चाहदै प्रेमिकाले बाटो फेरिएपछिको अवस्थालाई उक्त गीतमा चित्रण गरिएको छ । यस्तै, ‘तिमीले खाएको कसम साँचो भाको भए’लाई त्यही स्टोरीबाट उठाएको गीतकार दर्पणले बताए । उनले भने, ‘तिम्ले बाटो फे-यौं अरेमा ‘अरे’को कुरा अर्थात् कसैले सुनाएको ‘हल्ला’लाई आधार मानिएको छ । अहिले त्यसैलाई टेक्दै ‘तिमीले खाएको कसम सा“चो भाको भए’ बनाएको हुँ ।’
गीतकार दर्पणले ‘अरे’लाई ‘हो’ सावित गर्न ‘तिमीले खाएको कसम साँचो भाको भए’ बनाएको बताए । उनले भने, ‘यस गीतको भिडियो निर्माण गर्दा पनि तिम्ले बाटो फे-यौं अरेलाई नै आधार बनाएर बनाउने हो ।’ उनका अनुसार ‘तिमीले खाएको कसम साँचो भाको भए’ र ‘तिम्ले बाटो फे-यौं अरे’को एउटै भिडियो बन्ने छ । दसैँ अगाडि नै भिडियो निर्माण तथा रिलिज गर्ने गीतकार दर्पणले बताए ।

Comments