अनुरागमा यस्तो देखिइन् धमला पत्नी (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७५, १५ भाद्र शुक्रबार
no img

पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको नेपाली फिल्म ‘अनुराग’को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा ऋषिकै पत्नी एलिजा गौतम धमला हिरोइन छिन् । यो उनको डेब्यु फिल्म हो ।
१२ असोजमा रिलिज हुने यस फिल्ममा एलिजासँग समुन्द्र पण्डितको रोमान्स गरेको छ । समुन्द्रको पनि यो डेब्यु नै हो । फिल्ममा एलिजा र समुन्द्रका अलावा ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौलालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
फिल्म ‘अनुराग’लाई भरत गौतम र गीता भेटवालले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा किरण दाहालको कथा, सत्यराज र आगत केसीको पटकथा र संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

Comments