टुल्केलाई युनिभर्सल सर्टिफिकेट
screennepal
प्रकाशित: २०७१, ४ कार्तिक मंगलवार
no img

काठमाडौं ।  निश्चल बस्नेतको दोश्रा फिल्म ‘टलकजंग भर्सेस टुल्के’ सेन्सर पास भएको छ । हरेक वर्गका दर्शकले हेर्न मिल्ने गरी फिल्मले ‘यु’ अर्थात युनिभर्सल प्रमाणपत्र पाएको कार्यकारी निर्माता रविन्द्रसिह बानियाँले बताएका छन् । ‘टलकजंग भर्सेस टुल्के’ कार्तिक १४ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदै छ ।
दुइटा शब्दमा ‘म्यूट’ गर्नु बाहेक ‘टलकजंग भर्सेस टुल्के’ को अरु कुनै पनि दृश्य तथा संवाद माथि आपत्ती नजनाई बिना काँटछाँट सेन्सर वोर्डले युनिभर्सल प्रमाण पत्र उपलब्ध गराएको हो । खगेन्द्र लामिछानेको लेखन रहेको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ले द्धन्द्धकालिन परिवेशमा टुल्के नाम गरेको व्यक्तिले समाजमा आफ्नो अस्तित्व कायम गर्न गर्नु परेको संघर्षको कथा बोल्छ । फिल्मको शिर्ष भूमिकामा लेखक लामिछाने स्वयं छन् ।
लेखक लामिछानेसँगै ‘टलकजंग भर्सेस टुल्के’ मा दयाहाङ राई, ऋचा शर्मा, शशांक मैनाली, कार्यकारी निर्माता बानियाँ लगायतको अभिनय छ । फिल्मको छायाँकन पोखरा माथिको हेम्जाकोट गाउँमा भएको हो ।

Comments