यी ६ श्रष्टालाई ‘संगीत नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’
screennepal
प्रकाशित: २०७५, २३ असार शनिबार
no img

‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’बाट ६ जना श्रष्टा पुरस्कृत भएका छन् ।नेपाली संगीत, लोक नृत्य, लो नाट्य, गायन, तथा लोक गायन क्षेत्रमा पाँच दशक भन्दा लामो समय योगदान पु¥याएका कारण यी श्रष्टाहरुलाई पुरस्कृत गरिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले संगीत, नृत्य तथा नाट्य क्षेत्रका ६ जना श्रष्टालाई शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा २०७४ सालको नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार प्रदान गरेका हुन् । श्रष्टाहरुलाई जनही एक लाख एक रुपैयाँ र ताम्रपत्रद्धारा पुरस्कृत गरियो ।
कार्यक्रममा आधुनिक गीत तर्फको नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार ६ दशक भन्दा लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई प्रदान गरियो ।
शास्त्रीय संगी तर्फको पुरस्कार अग्रज बाद्यबादक एवम् शास्त्रीय संगीतकार पुष्परत्न तुलाधरलाई प्रदान गरियो । यस्तै ६ दशकदेखि लोकसंगीतमा सकृय गायक एवम् रचना सँकलक एल.पी. (लक्ष्मीप्रसाद) जोशीले लोक संगीत तर्पmको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो ।


यसैगरी सोही कार्यक्रममा ६ दशकदेखि यो क्षेत्रमा क्रियाशिल अग्रज अभिनेत्री एवम् नृत्य कलाकार सुभद्रा अधिकारीलाई नृत्य सम्बन्धिको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो ।
६ दशकभन्दा लामो समयदेखि मल्लकालिन नाट्यको अनुसन्धानमा सक्रिय अनुसन्धानकर्ता प्रा. डा. रामावतार यादबलाई नाट्य तर्फको राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरियो । उनी बिदेशमा भएका कारण छोरा डा. बिजय यादबले सो पुरस्कार ग्रहण गरे ।
यस्तै नाट्य तर्फ नै पाँच दशक भन्दा लामो सयमदेखि नाटक क्षेत्रमा क्रियाशिल नाट्यकर्मी मदनदाश श्रेष्ठलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो ।
उपराष्ट्रपति नन्दबहादुर पनुले सो कार्यक्रममा पाँच दशक भन्दा लामो समयदेखि संगीत, नाट्य, अभिनय, नृत्य, गायन, गीतलेखन, बाद्यबादन क्षेत्रमा सक्रिय श्रष्टाहरुलाई संगीत तथा नाट् प्रज्ञा प्रतिष्ठानका तर्फबाट श्रष्टा परिचयपत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रिपति पुनले नेपाली मौलिक लोक संगीत, लोक नृत्य, नाच, नाटकको संरक्षण गर्नसकेमात्र मौलिक संस्कृतिको संरक्षण हुने र नेपालको पहिचान जोगिने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कार्यको प्रसँसा गर्दै उपराष्ट्रपति पुनले यस्तो प्रतिष्ठानलाई अक्ष ससक्त र सवल बनाउन सरकारको ध्यान आकर्षक गराउँछु भने ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले नेपाली संगीत, नृत्य, नाट्य क्षेत्रमा आजीवन योगदान दिएर यो क्षेत्रमा अतुलनीय योदान पु¥याएकोकारण प्रतिष्ठानले चार वर्षदेखि यो राष्ट्रिय प्रज्ञा पुरस्कारले त्यस्ता श्रष्टालाई सम्मान गर्र्दै आएको बताए । कुलपतिलेसंघीय गणतन्त्रसँगै मुलुक प्रादेशिक संरचनामा गएको बेला प्रज्ञा प्रतिष्ठानहरुलाई खुम्च्याउँदै नेपाल, मौलिक लोक गीत, संगीत, नाच, नाटक, कलालाई साहित्यमा गम्दै यो क्षेत्रलाई धरासायी बनाउन प्रतिष्ठान गाभ्ने नाउमा चलखेल गरिरहेको बताए । उनीहरु मौलिक लोक संस्कृति संरक्षणको पक्षपति भएको कुलपति सरुभक्तले जिकिर गरे ।
यस्तै सो प्रतिष्ठानको उपकुलपति शम्भुजीत बासकोटाले यो पुरस्कारले पुरस्कृत कलाकारलाई राष्ट्रको गौरभसँग जोड्ने विश्वास पनि उनले व्यक्त गरे । राष्ट्रिय स्तरको यो पुरस्कार अग्रज श्रष्टाहरुको योगदानको कदरसँगै यो क्षेत्रमा अझ प्रोत्साहन मिल्ने विश्वा प्रतिष्ठानले लिएको छ भने ।

Comments