दुई वर्षको अन्तरालमा मुना बन्दै ‘गाजलु’ सृष्टि
screennepal
प्रकाशित: २०७५, १४ असार बिहीबार
no img

पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ ‘मुना’का रुपमा देखिँदैछिन् । ‘मिस नेपाल’ बनेपछि नेपाली फिल्म ‘गाजलु’मा अभिनेता अनमोल केसीस“ग देखिएकी सृष्टि ‘रोमियो एण्ड मुना’मा विनय श्रेष्ठसँग देखिँदैछिन् । जुन फिल्म ११ साउनमा रिलिज हुँदैछ ।
‘गाजलु’पछि सृष्टि करिब दुई वर्षपछि फिल्ममा देखिन लागेकी हुन् । ‘गाजलु’ मा अनमोलसँग डेब्यु गरेकी सृष्टि आफूलाई भाग्यमानी ठान्छिन् । फिल्म ‘रोमियो एण्ड मुना’बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सृष्ठिले भनिन्, ‘मैले डेब्यु नै अनमोलसँग गर्न पाए“, जो नेपाली फिल्ममा पछिल्लो समय रुचाइएका अभिनेता हुन् ।’
‘रोमियो एण्ड मुना’का निर्माणपक्षका अनुसार सृष्टिको भूमिका ‘गाजलु’को भन्दा धेरै फरक छैन । यो पछिल्लो फिल्ममा पनि उनी एक गाउ“ले सोझी युवतीको भूमिकामा छिन् । तर, सृष्टि ‘गाजलु’ भन्दा यस फिल्ममा आफ्नो भूमिका फरक रहेको बताउँछिन् ।
अनमोलसँग फिल्ममा डेब्यु गरेकै कारण सृष्टिलाई धेरैले ‘अनमोल केसीकी हिरोइन’ भनेर चिन्दछन् । त्यो सृष्टि पनि स्वीकार्छिन् । ‘गाजलु’मा अभिनय गर्नुअघि उनीसँग ‘मिस नेपाल’को ट्याग थियो । त्यो समेत अनमोलले आझेल पारिदिएका छन् । तर, यसमा सृष्टिले कतिपनि दुख लागेको छैन । आफ्नो नामको अगाडि ‘अनमोल’ नछुट्नु कति फाइदाजनक छ ? भन्ने प्रश्नमा सृष्टिले भनिन्, ‘मलाई यसमा समस्या छैन । मलाई मिस नेपालको रुपमा निकै थोरैले चिन्दछन् होला । तर, ‘गाजलु’ हेर्नुभएका धेरैले अनमोलको हिरोइन भनेरै चिन्नुहुन्छ । ‘गाजलु’ हिट हुनुमा सबैभन्दा ठूलो श्रेय अनमोललाई नै जान्छ ।’ उनले अनमोललाई सम्मान गर्ने पनि बताइन् ।
सृष्टिले ‘रोमियो एण्ड मुना’का अभिनेता विनय र अनमोलको स्वभाव उस्तै रहेको समेत बताइन्m । सृष्टिले भनिन्, ‘दुवैस“ग काम गर्दा मलाई सहज भयो । दुवैजना हम्बल हुनुहुन्छ । स्टारडमको घमण्ड दुवैमा छैन । दुवै असल हुनुहुन्छ ।’

 

Comments