ट्विटरमार्फत ऋचालाई बलात्कार र मार्ने धम्की !
screennepal
प्रकाशित: २०७५, ३१ बैशाख सोमबार
no img

काठमाडौं, ३१ बैशाख । बलिउड अभिनेत्री ऋचा चड्डालाई बलात्कार र मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सो धम्की उनलाई ट्विटरमार्फत आएको हो । धम्कीको ऋचाले स्क्रिनशट गरेर शेयर गरेका छन् ।
अभिनेत्री ऋचाले आफूमाथि आएको गम्भीर धम्कीको स्क्रिनशट गरी आफ्नो ट्विटर एकाउन्टमा शेयर गरेकी हुन् । तर, उनलाई कसले यस्तो धम्की दिएको भन्ने चाहिँ खुलइएको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय ऋचाले धर्मका बारेमा एक कमेन्ट गरेकी थिइन् । जसले गर्दा उनी सोशल मिडियामा आलोचित बनेकी थिइन् ।
ऋचाले भने आफूलाई धम्की दिनेलाई ‘बेरोजगारी’ को संज्ञा दिएकी छन् । उनले ट्विट गरेकी छन्, ‘मैमाथि टार्गेट, मैमाथि गाली । यो सब बेरोजगारीको कमाल हो । कोही १० रुपैयाँका लागि एक ट्विट गरिरहेको हुन्छ । म जज त होइन । तर, बलात्कार र मार्नेको धम्की पनि इन्डियामा ट्विट हुन थालेको छ ।’ (एजेन्सी)

Comments