बुटिक सुरु गर्दै क्रिकेट मैदानलाई १ लाख ११ हजार सहयोग
screennepal
प्रकाशित: २०७५, ३१ बैशाख सोमबार
no img

काठमाडौं, ३१ बैशाख । हास्य अभिनेता सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र पूर्वमिस नेपाल माल्भिका सुब्बाले ललितपुरको मानभवनमा आईतबार अन्तराष्ट्रियस्तरको डिभा बुटिक (जेडी कलेक्सन्) सँयुक्त उद्घाटन गरेका छन् ।
कार्यक्रममा डिभा बुटिकका तर्फबाट धुर्मुस सुन्तली फाउन्डेसनका लागि अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै सिताराम कट्टेलले अन्तराष्ट्रिय गुणस्तरका डिजाईन र पहिरन एकै थलोमा उपयुक्त मूल्यमा पाउँदा फेशन पारखीका लागि डिभा फेशन हबको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । डेढ वर्षभित्र अन्तराष्ट्रिय खेल मैदान निर्माण सम्पन्न गर्ने बताउँदै यस्तै सहयोगले आफुहरुलाई काम गर्न प्रेरणा मिलेको हो भने ।
कुञ्जना घिमिरेले आफुले खोजे जस्तो फरक प्रकारका उत्कृष्ट डिजाईन डिभा बुटिकमा पाएकाले अब डिभाकै फेशनबाट आफु अझ आकर्षक बन्ने विश्वास व्यक्त गरिन् । व्यबसायसँगै सामाजिक कार्यमा पनि सहयोग पु¥याउन थालेको डिभाले आउँदा दिनमा पनि यस्तो सामाजिक कार्य गर्दै जाने विश्वास उनले व्यक्त गरिन् ।
बिगत एक दशक देखि फेशन डिजाईनमा सक्रिय जेनी श्रेष्ठ र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले डिभा बुटिक सुरु गरेका हुन् । जेनीको यो दोस्रो बुटिक हो । डिभाबाट एकै थलोमा जेनीले बुटिकका युनिक पिस तथा अन्तराष्ट्रिय कलेक्सन फेशन र सदीक्षाले कस्मेटिक सामग्री ग्राहकलाई उपलब्ध गराएका छन् । को व्यबसाय सुरु गरेका हुन् । युवती तथा महिलाहरुले डिभा छिरेपछि फेशन देखि सबैप्रकारको सौन्दर्य सामग्रीको चयन र खरिद आफ्नो बुटिकबाट गर्न सक्ने बताईन् । डिभाले आईनबारबाटै आफ्नो व्यबसाय सुरु गरेको छ ।

 

Comments