कान्समा छोरीसँगै ऐश्वर्या (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, ३० बैशाख आईतवार
no img

काठमाडौं, ३० बैशाख । शनिबार राति सम्पन्न कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आर्कषक बनिन् । उनी १७ वर्षदेखि कान्समा सहभागी जनाउँदै आएकी छन् । ऐश्वर्याका लागि यो वर्षको पहिलो रेड कार्पेट अपियरेन्स हो ।


रेड कार्पेटमा ऐश्वर्याले डिजाइनर मिशेल सिनले तयार बनाएका पीकाक मोटिफ गाउन पहिरिएकी थिइन् । रेड कार्पेटमा जब उनी छोरी आराध्याका साथ इन्ट्रि भइन्, तब तालिले हल गडगहाट भयो । ऐश्वर्या राजकुमारी जस्तै देखिएकी थिइन् । कान्समा ऐश्वर्याले कस्मेटिक ब्राण्ड लोरियल पेरिसका भारतको प्रतिनिधित्व गरिरहेकी छन् । उनले कान्सका तस्बिरहरु आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् । लामो समयपछि कान्सकै समयमा ऐश्वर्या इन्स्टाग्राममा आएकी हुन् ।
इन्स्टाग्राम ज्वोइन गर्ने वित्तिकै उनका फलोअर्सको संख्या पुन तिव्र बढिहरेका छन् । आज बिहानसम्मको उनको ४ दशमलव ६९ लाखले फलो गरिसकेका छन् ।

Comments