नेपाल आएर करिश्माले भनिन्, ‘म नेपालीलाई माया गर्छु’
screennepal
प्रकाशित: २०७५, २४ बैशाख सोमबार
no img

काठमाडौं, २४ बैशाख । बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आइपुगेकी छन् । उनी एक ज्वेलरीको शोरुम उद्घाटन गर्न काठमाडौं आइपुगेकी हुन् । शोरुमको उद्घाटन गर्दै करिश्माले भनिन्, ‘आज म एकदमै खुसी छु ।’
राजधानीमा नयाँ खुलेको ‘मेरीगोल्ड’ नामक ज्वेलरी शोरुमको उद्घाटन गर्दै करिश्माले भनिन्, ‘म एकदमै खुसी छु किनकि म सगरमाथाको देश नेपालमा आएकी छु । म नेपाललाई माया गर्छु ।’ उनले नेपाल र नेपालीको प्रशंसा गर्न समेत भ्याइन् ।
करिश्माले पहिले पनि नेपाल आएको बताउँदै भनिन्, ‘धेरैपछि नेपाल आएकी छु अर्थात १५ वर्षपछि आएकी हुँ ।’ करिश्मालाई पञ्चेबाजाले स्वागत गरिएको थियो ।

 

Comments