‘अनन्त यात्रा’लाई अनन्त अवार्ड !
screennepal
प्रकाशित: २०७५, २१ बैशाख शुक्रबार
no img

काठमाडौं, २१ बैशाख । छोटो फिल्म ‘अनन्त यात्रा’ले रसियाको मस्कोमा सम्पन्न ‘भिडियो आर्ट फेस्टिवल–२०१८’ ‘नाउ एण्ड आफ्टर’ अवार्ड हात पारेको छ ।
सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’ उत्कृष्ट फिल्ममध्ये तेश्रो भएको थियो । यसअघि विभिन्न २० भन्दा बढी फिल्म अवार्डको मनोनयनमा परेको यो फिल्मले अष्ट्रियामा युकी इन्टरनेश्नल युथ मिडिया फिल्म फेस्टिवल, जर्मनमा भएको बर्लिन एक्सपेरिमेन्टल सर्ट फिल्म फेस्टिवल र नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव, ओस्कर कलेज सर्ट फिल्म फेस्टिवल, एकादेशमा अन्र्तराष्ट्रिय सर्ट फिल्म फेस्टिवलबाट उत्कृष्ट अवार्ड हात पारिसकेको छ ।
हजुरआमाको निधनपछि उनकै सम्झनामा ‘अनन्त यात्रा’ बनाएको निर्देशक पाण्डेले बताए । फिल्मले मानिसको अनन्त जीवनचक्रलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । मानिसको मृत्युपछि सुरु हुने आत्मको अनन्त यात्रा फिल्ममा समावेश छ ।
चलचित्रमा राधा लम्साल मुख्य भूमिकामा छिन् । निर्देशक पाण्डेले अन्य आधा दर्जन सर्ट फिल्म निर्देशन गरिसकेका छन् भने अहिले सिंहदरबार–२ टेलिश्रृंखलाको निर्देशन समूहमा रहेर काम गरिरहेका छन् ।

Comments