काठमाडौं, ११ बैशाख । यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ घोषणा गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा पुरस्कार घोषणा गरेको हो ।
यस वर्षको नाट्य विधातर्फ ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ नाटक तथा रंगकर्म क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएबापत वरिष्ठ नाट्यविद् रामावतार यादवलाई प्रदान गरिने भएको छ भने संगीततर्फ वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ ।
यस्तै नृत्यतर्फ ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ वरिष्ठ नृत्यांगना सुभद्रा अधिकारी र लोक कलातर्फको लोक गायक एलपि जोशी ‘लक्ष्मीप्रसाद जोशी’लाई प्रदान गरिने भएको छ ।
यसैगरीशास्त्रीय तथा परम्परागत संगीत विधातर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ शास्त्रीय तथा परम्परागत संीत क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएबापत वरिष्ठ पौराणिक तथा शास्त्रीय वाद्यवादक एवं गायक पुष्परत्न तुलाधरलाई र रंगमञ्चतर्फ रंगमञ्च क्षेत्रमा योगदान पु¥याएबापत वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
संगीत, नाट्य, नृत्य, लोक संगीत–नाट्य, परम्परागत तथा शास्त्रीय संगीत र रंगमञ्च विधामा प्रदान गरिने पुरस्कारको राशी जनही एक लाख एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।
‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ राष्ट्रपतिको बाहुलीबाट विशेष समारोहबीच प्रदान गरिने प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकद्वारा जारी विज्ञप्तिमा उल्लखे छ ।