काठमाडौं, ३० चैत । नवगायक पवन राना र रञ्जिता थापाको स्वरमा ‘खैजडीको तालै सुनेर’ बोलको कौरा गीत दर्शक तथा श्रोतामाझ आएको छ ।
हमाल म्युजिकको प्रस्तुतिमा रहेको यस कौरा गीत ‘खैजडीको तालै सुनेर’मा पवन राना र रञ्जिता थापालाई तारा गुरुङ, दुर्गा गुरुङ, तोला चन्द ठकुरी र अनु गुरुङले स्वरमा साथ दिएका छन् । गीतले गुरुङ समाज, जातित्व तथा गुरुङको मौलिकपन बोकेको छ । गीतमा निकै मिठासपन पाइन्छ ।
यस गीतलाई तारा गुरुङले लेखेका हुन् भने गीतको लय पनि गुरुङले नै भरेका हुन् । गीतका शब्दहरुले सम्पुर्ण दर्शक तथा स्रोताहरुको मन छुनेमा गायक पवन बिश्वस्त रहेका छन् । यस भिडियोलाई तारा गुरुङले नै निर्देशन गरेका हुन् ।
गीतमा दिप कोके गुरुङको कोरियोग्राफी रहेकोछ । जसमा सबिता राना मगर र साथीहरुको शसक्त अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलई सम्भु चालिसेले छायांकन गरेका हुन् भने सुजन शाहीले म्पादन गरेका हुन् ।