सलमानलाई भीडमा भेट्न नसकेपछि घरमै पुगिन् कट्रिना !
screennepal
प्रकाशित: २०७४, २४ चैत्र शनिबार
no img

काठमाडौं, २४ चैत । बलिउड अभिनेता सलमान खान ४८ घण्टा नवित्दै जोधपुर जेलबाट बाहिरिए । सलमानका लागि त्यो ४८ घण्टा निकै कस्टकर थियो । तर, जब उनलाई न्यायालयले तारिखमा रिहा गरे, तब सलमानलाई एउटा खुसी मिल्यो, त्यो हो हजारौको आफ्नो समर्थन । यहाँसम्म त ठीकै छ । तर, जब सलमान जेलबाट तारिखमा रिहा भए, उसको स्वागत गर्ने हजारौंको भीडमा कट्रिना कैफ पनि मिसिएका थिइन् । जो सलमानकी पूर्वप्रेमिका हुन् ।


भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सलमान खान जोधपुर जेलबाट रिहा भएर चार्टर विमानमा मुम्बई हुइँकिए । सलमानलाई लिन उनकी बहिनी अर्पिता छोरा आहलिका साथ जोधपुरमै आएकी थिइन् ।
मुम्बई एयरपोर्टमा उनका हजारौं फ्यानले आतशिबाजी गर्दै स्वागत गरेका थिए । कडा सुरक्षाका साथ सलमान एयरपोर्टबाट बाहिरिएका थिए । त्यो भीडमा कट्रिना पनि थिइन् । तर, त्यहाँ सलमानलाई भेट्न नसकेपछि उनी घरमै पुगिन् । सलमानको घर पुगेकी कट्रिनाले सलमानसँग के कुरा गरिन् त्यो भने उनैलाई थाहा छ ।
सलमानमा घर पुग्दा त्यहाँ पनि सयौ आफ्ना फ्यान जम्मा भइसकेका थिए । उनले सबैलाई अविवादन गरे । यति मात्र नभएर उनले आफ्ना शुभतिन्तकहरुलाई आभार समेत व्यक्त गरे । सलमानलाई २० वर्षअघि कालो हरिणको शिकार गरेको अभियोगमा जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो । तर, उनी ४८ घण्टामै तारिखमा रिहा भएका छन् । अब उनी ७ दिन पछि पुन अदालतमा हाजिर हुनुपर्ने छ ।

Comments