तस्बिरमा स्वस्तिमा–अभिषेक | फिल्ममा यो जोडी जम्छ त ?
screennepal
प्रकाशित: २०७४, १३ चैत्र मंगलवार
no img

काठमाडौं, १३ चैत । विकास आचार्य निर्मित तथा निर्देशित चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ सिरजि निर्माण सुरु भएको छ । यस चलचित्रमार्फत दुई नयाँ अनु्हार नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् ।

चलचित्र ‘नाईँ नभन्नू ल–५’बाट अभिषेक नेपाल र सेड्रिना शर्माले डेब्यु गर्न लागेका हुन् । आचार्य प्राय आफ्नो चलचित्रमा नयाँ अनुहार इन्ट्रि गर्ने गर्छन । यसैलाई निरन्तरता दिँदै आफ्नो सफल चलचित्र ‘नाईँ नभन्नु ल’को यस सिरिजमा पनि नयाँ अनहार लिएका छन् ।


आखिर अभिषेक सेड्रिना को हुन् त ? कसरी निर्देशक आचार्यको अनुहारमा यी वस्यक पर ? चलचित्र निर्माण प्रारम्भसँगै यो विषयमा एकखाले चर्चा छ ।
भनिन्छ, कान्तिपुर फिल्म एकेडेमीमा पढ्दै गर्दा निर्देशक आचार्यको नजरमा परेका थिए, अभिषेक । त्यस्तै झापाकी सेड्रिनाले अनुभव रेग्मीको जोडीको रुपमा अभिनय गर्दैछिन् ।

चलचित्रमा अभिषेक र स्वस्तिमा खड्काको जोडी देखिनेछ । यी नयाँ अनुहारसँगै यस चलचित्रको टिममा दीलिप रायमाझी र केकी अधिकारी पनि थपिएका छन् । केकीले चैतको तेस्रो साताबाट इलामको सेड्युल ज्वाइन बताइएको छ । विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् भने संगीत बसन्त सापकोटाले तयार पारेका छन् ।

 

Comments