झापा, १२ चैत । झपाको विर्तामोडमा पहिलो थ्रीडी चलचित्र घर ‘सिटी सिनेमा हल’ स्थापना भएको छ । बिआर ‘भानु राधिका’ ग्यालरीले चार करोड लगानीमा उक्त चलचित्र सञ्चालनमा ल्याएको हो । जुन पूर्णरुपमा वातानुकूलितयुक्त छ ।
हलका सञ्चालक प्रज्जवल घिमिरे ‘रेडियो मेची ट्युन्स’का प्रबन्ध निर्देशकसमेत हुन् । हलमा राधिका घिमिरे र प्रज्वल दुवैको लगानी छ ।
दुई सय १६ सिट क्षमता भएको हलमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । एक लाखभन्दा बढी जनसंख्या ओगटेको मेचीनगर र आसपासका दर्शकलाई मनोरञ्जन दिलाउने लक्ष्य हलले लिएको छ ।