प्रदेशमा कला गतिविधिमा जोड
screennepal
प्रकाशित: २०७४, १० चैत्र शनिबार
no img

काठमाडौँ, १० चैत । प्रादेशिक रुपमा कलाको विकासका लागि सम्बन्धित क्षेत्रबाट कला कार्यशाला, कला शिक्षण, अन्तक्र्रियालगायतलाई नियमित गराउनुपर्ने पूर्वाञ्चलका एक कलाकारले बताएका छन् ।
नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’मा अग्रज कलाकार गोपाल कलाप्रेमीले कलाकारले राजधानी ताकिरहनुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए । ‘जबसम्म कलाको चेतना पैदा हँुदैन तबसम्म व्यावसायिकरुपमा कला अगाडि बढ्न सक्दैन’ उनले भने । अरुपण आर्ट ग्यालरीमा भएको २१औँ शृृंखलामा कला पत्रकार देवेन्द थुम्केलीले सहजीकरण गरेका थिए ।
नाफाको सल्लाहकार समेतको भूमिका निर्वाह गरिसकेका कलापे्रमीले कलाप्रेमीले विसं २०२२ मा गठित नाफाका पूर्वाञ्चल शाखा सञ्चालन गर्नेदेखि विसं २०२७ मा खोलिएको ललितकला संगमले नेपालको पूर्वी भेगमा कलाको विकासमा खेलेको भूमिकाका बारेमा चर्चा गरे ।
कलापे्रमी शुरुका दिनमा सादृष्य कला सिर्जना गर्थे । पछि गेहेन्द्रमान अमात्य, लैनसिंह वाङ्देल, इन्द्र प्रधानजस्ता कलाकारको संगतबाट आधुनिक र अमूतकलातर्फ लागेका हुन् ।

Comments