टुँडिखेलमा यस्तो देखियो माघीको रौनक (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, १ माघ सोमबार
no img

काठमाडौं, १ माघ । माघे अर्थात् मकर संक्रान्ति राजधानीलगायत देशको विभिन्न स्थानमा आ–आफ्नो तवरले धुमधामका साथ मनाइएको छ । धार्मिक तथा सांस्कृतिक आस्था र विश्वास बोकेको माघे संक्रान्ति राजधानीमा पनि विभिन्न कार्यक्रम गरी उल्लासका साथ मनाइएको छ ।

लिम्बू समुदायले ललितपुरस्थित किरात याक्थुङ चुम्लुङमा माघी उत्सव मनाए । लिम्बू समुदायले माघे संक्रान्तिलाई कक्फेवाः तङ्नाम नयाँ वर्षका रुपमा भव्य मनाउँदै आएका छन् ।

त्यस्तै, थारु र मगरलगायतका समुदायले पनि माघीलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । थारु र मगर समुदायले गएका वर्षमा झैं यस वर्ष पनि टुँडिखेलमा भव्य कार्यक्रम गरी माघी मनाए । माघी मनाउन देशभरका राजधानीमा बस्दै आएका थारु तथा मगर समुदायलगायत नेपालीहरु टुँडिखेलमा जम्मा भएका थिए ।

माघी आम नेपालीहरुले धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा मनाउँदै आएका छन् । माघीलाई पछिल्लो केही वर्ष यता राष्ट्रियल पर्वका रुपमा मनाइँदै आएको छ । सोमबार राजधानीको टुँडिखेलमा आयोजित माघी उत्सवमा जम्मा भएकाहरु बरिष्ठ फोटो पत्रकार हरिगोपाल प्रधानले आफ्नो क्यामेरामा कैद गरेका छन् । स्क्रीन नेपालका लागि कैद गरिएका प्रधानका केही तस्बिरहरु यहाँ प्रस्तुत छ ।

Comments