सुनिल थापा नसेलाउँदै बलिउडमा अर्की थापाको चर्चा सुरु
screennepal
प्रकाशित: २०७१, ८ आश्विन बुधबार
no img

geetanjali1

काठमाडौं । बलिउडमा अहिले नेपाली कलाकार सुनिल थापाको चर्चा छ । फिल्म ‘मेरो कोम’ कुसल अभिनय क्षमता प्रस्तुत गरेका सुनिलको भारतीय मिडियाले तारिफ गरिहेका छन् । यसैबेला मुम्बई नगरीका अर्की थापाको चर्चा सुरु भएको छ । अभिनेत्री गिताञ्जली थापा अभिनीत फिल्म ‘लायर्स डायस’ भारतबाट एकेडेमिक अवार्डमा मनोनयनमा परेको छ, जसबाट गीताञ्जली चर्चामा आएकी हुन् ।

i-d-geetanjali-thapa-e-charu-in-una-scena-del-film-259385
गीताञ्जली नेपाली मुलकी भारतीय अभिनेत्री हुन् । भारतको दार्जीलिङमा जन्मेहुर्केकी गीताञ्जली केही समय यता बलिउडमा संघर्षरत छिन् । उनले बलिउडमा थुप्रै विज्ञापनहरुमा मोडलिङ गरिसकेकी छन् । फिल्म ‘लायर्स डायस’ को निर्देशन गीतु मोहनदाशले गरेका हुन् । फिल्ममा आफ्नो पतिको खोजीमा निस्केकी एउटी आदीवासी महिलाको कथा प्रस्तुत गरिएको छ । समाचारमा बताइएअनुसार २९ फिल्मलाई पछि पार्दै ‘लायर्स डायस’  ओस्कारमा छनोट भएको हो । फिल्म फेडेरेशन अफ इण्डिया (एफएफआइ) का महासचिब सुपर सेनका अनुसार क्विन, टु स्टेट्स, मेरी कोमलगायतका फिल्म ओस्कार दौडमा थिए ।

Comments