लरेन्सले सलमानलाई किन दिए मार्ने धम्की ?!
screennepal
प्रकाशित: २०७४, २४ पुष सोमबार
no img

राजस्थान, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धन्कीले तनावमा छन् । समाचारमा बताइएअनुसार सलमानलाई पंजाब राजस्थान र हरियाणा क्षेत्रमा चर्चित डन लरेन्स विश्नोइले मारिदिने धम्की दिएका छन् ।
लरेन्सले जेल जाँदै गर्दा अहिले आफूले केही नगरेको र अब सलमानलाई जोधपुर अदालत परीसरमै मार्ने धम्की दिएका हुन् ।यस्तो धम्कीपछि सलमानले सतर्कता अपनाएको जनाइएको छ।
राजस्थानको जोधपुर अदालतबाट जेल जाँदै गर्दा एक मिडियाकर्मीले उनको अगाडि माइक राखिदिएपछि उनले भने ‘अहिले मैले केही गरेको छैन, अब गरेपछि थाहा हुन्छ । सलमानलाई मार्छु, यहीँ मार्छु त्यसपछि थाहा हुन्छ ।’लरेन्स विश्नोइले हरीण मारेको आरोप लागेका सलमानलाई अझै सम्म केही गर्न नसक्नु पुलिसको लाचारी भन्दै सलमानलाई मार्ने धम्की दिएका हुन् ।

Comments